• १६ चैत २०८०, शुक्रबार

बृहत नेपाली शब्दकोश परिमार्जन गर्दै प्रज्ञा प्रतिष्ठान

blog

पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका कुलपति भूपाल राई (बीच) मा । तस्बिर : प्रज्ञा प्रतिष्ठान

काठमाडौं, जेठ १२ गते। नेपाल प्रज्ञा प्रतिष्ठानले बृहत् नेपाली शब्दकोशलाई परिमार्जन गर्ने भएको छ। 

शुक्रबार प्रतिष्ठानमा नयाँ नेतृत्व आएको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बृहत् नेपाली शब्दकोशमा विवाद रहेको भन्दै परिमार्जन गर्ने निर्णय गरेको जानकारी दिइएको हो। पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका कुलपति भूपाल राईले यसअघि छापिएको बृहत् नेपाली शब्दकोशमा विवादित शब्दको रहेको भन्दै धेरै उजुरी आएको बताउनुभयो। 

उहाँले बृहत् नेपाली शब्दकोशमा कुनै पनि विवाद नआउने गरी परिमार्जन गर्ने निर्णयमा पुगेको बताउनुभयो। उहाँले बृहत् शब्दकोश परिमार्जनको लागि सामाजिक संस्था र सरोकारवाला निकायसँग छलफलपछि समिति बनाएर काम अगाडि बढाउने बताउनुभयो।



 उहाँले हेरक वर्ष असार ९ गते हुने राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक, सहभागितामुलक र समावेशी बनाउनेसमेत जानकारी दिनुभएको छ। 

कुलपति राईले प्रतिष्ठानले सबै भाषा र जातजातिलाई समेटर लैजानुपर्ने चुनौती रहेको बताउनुभयो। उहाँले साहित्यिक पत्रपत्रिकालाई दिँदै आएको अनुदान कोटौती नहुने र निरन्तर प्रदान गरिने स्पष्ट पार्नुभयो । 

 नेपाली भाषा साहित्य पत्रकारिता र मातृ भाषाको साहित्यिक पत्रकारिताको क्षेत्रमा  विशेष योगदान पुर्‍याउने दुई जनालाई पुरस्कृत गर्ने गरी ‘प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार दिने घोषणा पनि कुलपति राईले गर्नुभयो । 

उहाँले आगामी चार वर्षमा प्रतिष्ठानलाई सबैको प्रज्ञा प्रतिष्ठान बनाउने योजना रहेको बताउनुभयो। उहाँले आगामी चार वर्षमा प्रतिष्ठानलाई सबैको प्रज्ञा प्रतिष्ठान बनाउने योजना रहेको बताउनुभयो।