• ७ वैशाख २०८१, शुक्रबार

एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

blog

काठमाडौं, जेठ १२ गते । प्रतिनिधि सभा बैठक आज साँझ ६ बजेका लागि निर्धारण भएको छ । संसद् सचिवालयले एक सूचना जारी गर्दै साँझ ६ बजे बैठक बस्ने जानकारी दिएको हो ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को नाराबाजीपछि १० मिनेटका लागि स्थगित भएको बैठकको समय ३ बजेका लागि तोकिएको थियो ।

सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले ३ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभा बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकाले आजै साँझ ६ बजेका लागि निर्धारण गरिएको जानकारी दिनुभयो ।