• १२ साउन २०८१, शनिबार

‘रेशम चौधरीको आममाफीको फाइल गृहमा पठाइयो’

blog

काठमाडौं, जेठ १२ गते । राष्ट्रपति कार्यालयले कैलालीको टिकापुर घटनामा संलग्न रहेको अभियोगमा जन्मकैदका सजाय भोगिरहनुभएका रेशम चौधरीको आममाफीको विषयमा निर्णय गर्न फाइल गृह मन्त्रालय पठाइएको छ ।

‘‘प्रचलित कानुन, यससम्बन्धी अदालतबाट फैसला र सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा फाइल फिर्ता गरेको छ ।’’ राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले भन्नुभयो ।

यसैगरी, सोही घटनामा निधन हुनुभएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी श्रीमती शारदा बोहराले राष्ट्रपति कार्यालयमा दिनुभएको निवेदनलाई पनि राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमै कार्यार्थ पठाएको छ ।