इलामको सूर्योदय नगरपालिकाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आएको छ । नगरले सामुदायिक विद्यालयलाई प्रविधियुक्त बनाउने अभियान सञ्चालन गरेपछि विद्यालयको गुणस्तरमा सुधार आएको हो ।
मुक्त कमैया हिङ्गु चौधरीलाई स्थायी बसोबासका लागि अझै जग्गा मिलेको छैन । कैलारी गाउँपालिका–७, विपतपुरमा अस्थायी बसोबास गरिरहनुभएका उहाँ जग्गा पाउने पर्खाइमा हुनुहुन्छ । उहाँजस्तै कयौँ मुक्त कमैया परिवार छन्, विपतपुरमा ।
शासकीय प्रणालीमा सङ्घीय शासन एउटा शासकीय पद्धति हो । शासन प्रणालीलाई तहगत वा एकाइमार्फत जनताप्रति उत्तरदायी र जिम्मेवार बनाउने र भूगोल, भाषा र जातीय पहिचानको आधारमा तह वा एकाइबाट शासकीय प्रबन्ध गर्ने व्यवस्थालाई नै सङ्घीय शासन प्रणाली मानिएको छ ।
धादिङ जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा दुई हजार १५३ पिन्ट रगत सङ्कलन भएको छ । गत वर्षको साउन १ गतेदेखि शनिबारसम्ममा ३८ वटा सङ्घ, संस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रमबाट ५२३ जना महिलासहित दुई हजार १५३ पिन्ट रगत सङ्कलन गरिएको धादिङ रेडक्रसका उपमन्त्री नारायणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
पीडित तथा सरोकारवालासँग पर्याप्त छलफल नगरी सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक ल्याइएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले आपत्ति जनाएको छ । सरकारका तर्फबाट विधेयक शुक्रबार प्रतिनिधि सभामा दर्ता भएको छ ।
आर्थिक वर्ष २०७८–७९ मा भूतपूर्व एक मन्त्रीसहित १५५ जना विरुद्ध भ्रष्टाचारको आरोप लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । सो आर्थिक वर्षमा सम्पादित प्रमुख कार्यको प्रारम्भिक तथ्यांक सार्वजनिक गर्नुहुँदै आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले सो कुरा उल्लेख गर्नुभएको हो ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको चौथो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई जितको लागि एक सय २९ रनको झिनो लक्ष्य दिएको छ । टिटवुड ग्लासगो मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३५.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय २८ रन बनायो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा डा. दुर्गाबहादुर सुवेदीलाई जापानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।
सरकारले ५ वर्ष देखि १२ वर्ष मुनिका बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको दोस्रो मात्रा खोप भोलिबाट दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोभिड–१९ विरुद्धको पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई साउन २ देखि ८ गतेसम्म सञ्चालन गर्ने भएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकमा वैदेशिक चलखेल बढेको बताउनुभएको छ । मुलुकमा नीतिगत विचलन, विभिन्न स्वार्थहरुको सौदावाजी, र राजनीतिक अस्थिरता बढेको उहाँले दावी गर्नुभएको छ ।
स्वास्थ्य सेवामा क्रियासिल ट्रेड युनियन र पेशागत संघ संगठनहरुको माग सम्बोधनका लागि सात सदस्यीय कार्यदल बन्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले माग सम्बोधनका लागि स्वास्थ्य मन्त्रालयका अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिन लागिएको बताउनुभयो ।
झापा जिल्लाको मेचीनगर नगरपालिका ८ पूर्व–पश्चिम लोकमार्ग स्थित जोरसिमल चेक प्वाइन्टबाट सशस्त्र प्रहरीले पाँच लाख २१ हजार भारतीय रुपियाँसहित पाँचजनालाई पक्राउ गरेको छ ।
काठमाडौंको एक खाजाघरमा नाबालिकालाई वेश्यावृती गर्न लगाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको माई नगरपालिका–७ घर भई हाल काठमाडौं–९ टोखा बस्ने २८ वर्षीया चिनिमाया लिम्बु छन् । लिम्बुलाई मानव बेचविखन अनुसन्धान ब्यूरोले असार ३० गते पक्राउ गरेको हो ।
कलंकीस्थित नेपाल एसबीआई बैंकबाट नक्कली छाप र दस्तखत किर्ते गरी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–६ घर भई हाल ललितपुर–१५ सातदोवाटो बस्ने २१ वर्षीय वाशुदेव अर्याल रहेका छन् ।
गृहमन्त्री बालकृष्ण खाणले समाज कल्याण परिषद्को भृकुटी मण्डपमा रहेको स्टोरमा भएको आगलागीको छानबिन गर्ने बताउनु भएको छ ।