बागमती प्रदेशका स्वास्थ्यमन्त्री नीमा लामाले प्रदेशभित्रका १३ जिल्लाका ११९ वटै स्थानीय तहमा रहेका माध्यमिक विद्यालयमा ‘एक विद्यालय, एक नर्स’को व्यवस्था गरिने बताउनुभएको छ । आइतबार धुलिखेल अस्पतालको २५औँ वार्षिकोत्सव कार्यक्रमअन्तर्गत आयोजना गरिएको ‘बेसिक लाइफ सपोर्ट डे’ कार्यक्रममा मन्त्री लामाले प्रदेशभित्रका सबै माध्यमिक विद्यालयमा नर्सको व्यवस्था गरिने बताउनुभएको हो । मन्त्री लामाले प्रदेश सरकारले हालस
प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्त कमैया पुनस्र्थापनाका काम–कारबाही प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । कमैया मुक्ति घोषणा भएको २२ वर्षपछि पनि मुक्त कमैया पुनस्र्थापनाको काम सम्पन्न हुन नसकेको भन्दै सरोकारावाला सबै मन्त्रालयलाई तत्काल पुनस्र्थापनाका बाँकी काम सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।
बर्खामास खडेरीले अत्तालिएको बेला पानी पार्न अवलम्बन गरिने अनेक परम्परा छन् । तीमध्ये मध्यतराईको थारू समुदायमा ‘गैया बेह्रने’ प्रचलनमा छ । त्यही परम्परा धान्न सोमबार कपिलवस्तु बुद्धभूमि नगरपालिकाको गोरुसिङेका थारू समुदायका युवती फरक पहिरनमा देखिए । महिलाले पुरुषको पहिरनमा देखिँदा सबैलाई अचम्म लागेको थियो ।
नेपाल कमैया मुक्त देश घोषणा भएको २२ वर्ष पुरा भएको छ । कमैया मुक्तिसँगै पुनःस्थापनाका लागि तत्कालिन सरकारले २०५७ साल साउन २ गते देशलाई कमैया मुक्त घोषणा गरेको थियो ।
दैलेखमा सुत्केरी महिलाको हेलीकप्टर मार्फत उद्दार गरिएको छ । जिल्लाको आठबिस नगरपालिका–१ की डम्मकुमारी थापाको नेपाली सेनाको हेलीकप्टरबाट उद्दार गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ । सुत्केरी ब्यथाले च्यापेपछि थापालाई सात्तला स्वास्थ्य चौकीमा बिहान ६ बजे स्वास्थ्य संस्थामा लगिएको थियो ।
किरात एकेडेमीले विप्लव ढकालद्वारा लिखित भोजपुरको वाङमय र राजकुमार दिक्पालद्वारा लिखित आदिवासी विद्रोहको इतिहासलाई संयुक्तरुपमा पुरस्कृत गर्ने निर्णय गरेको छ ।
प्रहरीले काठमाडौंको नक्सालस्थित सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीको गहना चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबारका लागि तय भएको बैठक स्थगित भएको छ । एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ अस्वस्थ भएपछि बैठक स्थगित गरिएको एन्फाले जनाएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि फ्रान्सका राजदूत जिल बुर्बाओबीच शिष्टाचार भेट भएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा उहाँहरुबीच दुई देशको मैत्रीपूर्ण सम्बन्ध र आपसी सहयोगका विषयमा कुराकानी भएको अध्यक्ष ओलीको निजी सचिवालयले जानकारी दिनुभयो ।
साउन महिनाको पहिलो सोमबार कपिलबस्तुकोे शिवालयमा बिहानैदेखि भक्तजनको भिड लागेको छ । कपिलबस्तु सदरमुकाम तौलिहवास्थित रहेको तौलेश्वरनाथ मन्दिर, बाणगंगाको लक्ष्मणघाट, शिवराजको धानखोलास्थित शिव मन्दिरमा विशेष पूजा गरिन्छ ।
काठमाडौं, साउन २ गते । नेपाली चलचित्र राधाको तिज विशेष गीत रिलिज भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच 'पाउमा पाउजु' बोलको गीत सार्वजनिक गरिएको हो । नायिका प्रियंका कार्की र श्रृष्टी श्रेष्ठको नृत्य रहेको गीत पशुपति वृद्धाश्रम परिसरका क्षेत्रमा छायांकन गरिएको थियो । गीतमा सज्जा चौलागाईं र स्वस्तिका ढकालको स्वर रहेको छ भने गीतको संगीत गायक कालीप्रसाद बाँस्कोटाले भर्नुभएको छ ।सिर्जना खत्रीको शब्द रहेको गीतको भिडियो कविराज गहतराजले नृत्य निर्देशन गर्नुभएको हो । कार्यक्रममा बोल्दै निर्देशक एवं नायक खगेन्द्र लामिछानेले फिल्मको ट्रेलरको प्रतिक्षामा रहेको प्रतिक्रिया दिनुभयो । उहाँले फिल्म निर्माण कर्ताको रुपमा प्रवेश गर्नुभएका नायक सौगात मल्ललाई शुभकामना दिनुभयो । त्यस्तै, गायक कालीप्रसाद बाँस्कोटाले तिजको गीतमा काम गर्न गाह्रो भएपनि काम सकिएपछि खुशी लागेको बताउनुभयो । गायिका सिर्जना खत्रीले आफ्नो गीत आफैँले लेख्ने गरेको भएपनि फिल्ममा अरुको लागि गीत लेख्न दिएकोप्रति खुशी लागेको बताउनुभयो । नायिका प्रियंका कार्कीले चलचित्र क्षेत्रमा कमब्याक गर्नको लागि यो फिल्मले भूमिका दिएकोमा खुशी व्यक्त गर्नुभयो । नायक सौगात मल्लले फिल्ममा सोचेको भन्दा राम्रो गीत पाएको बताउनु भयो । नायक निश्चल बस्नेतले राधा फिल्म राम्रो बनेर आउने विश्वास व्यक्त गर्दै निर्माण क्षेत्रमा काम शुरु गरेकोमा नायक मल्ललाई शुभकामना व्यक्त गर्नुभयो । सुवर्ण थापाको निर्देशन रहेको ‘राधा’मा श्रृष्टीसहित खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्यदेव, लोकेन्द्र लेखक, बुद्धि तामाङ, पशुपति राईलगायतको मुख्य भूमिका छ । फिल्ममा सौगातसहित देवकी विष्ट र विक्रम दास जोशी पनि निर्माताको रूपमा छन् । फिल्म आउँदो भदौ १० गतेबाट प्रदर्शनमा आउने भएको छ ।
काठमाडौं, साउन २ गते । कथाकार, निर्देशक तथा नायक रितुराज पाख्रीन र नायिका सुनिता लुङ्बा अभिनित चलचित्र ’काख्रे’ कतारमा प्रदर्शन हुने भएको छ । नेपाल प्रवासी तामाङ समाज कतारको संस्कृति तथा कलाकार विभागको आयोजनामा सालिमार इस्तामबुल रेस्टुरेन्ट दोहा, नज्मामा प्रदर्शन हुने भएको हो ।तामाङ चलचित्र कतारमा प्रदर्शन हुने यो पहिलो पटक भने होइन । विगतमा सेर्कु, काला दाग, जस्ता तामाङ चलचित्र कतारमा प्रदशन भै सकेको छ । कोरोनाको कहरले प्रदर्शन हुन नसकिरहेको तामाङ चलचित्र काख्रे राष्ट्रिय नाचघर जमलमा पनि प्रदर्शन भैसकेको छ ।चलचित्र प्रदर्शनसँगै सांस्कृतिक कार्यक्रम पनि हुने आयोजक टिमले जानकारी दिएको छ । कार्यक्रममा कलाकार सेलो गायक कुमार ओख्रेली, सेलो गायक सुन्दर मोक्तान गायिका मुस्कान रुम्बा लगायतका कलाकारहरुको भव्य प्रस्तुत रहनेछ ।ल्हाप्साङकर्पो म्युजिक सेन्टरको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रलाई रोशन फ्युवा तामाङले निर्देशन, कथाकार तथा नायक ऋतुराज पाख्रिनको कथा रहेको छ । उक्त चलचित्रको निर्माता प्रबल थिङ रहेको छ भने सह निर्माता शेखर थापा, शंकर पुढाशैनी र सरिता तामाङ रहेका छन् ।चलचित्रमा ऋतुराज पाख्रिन, सुनिता लुङ्बा, कुईसाङ रुम्बा, प्रबल थिङ, सिंग बहादुर तामाङ,सपना वाईबा, प्रभा घिसिङ, किरण गोर्खे, रेशम श्याउली, किरण साजन, लोप्साङ लामा, राम गोले, गेल्डेन तामाङ, रोशन तामाङ, माया स्याङबो लगायत कलाकारहरुको अभिनय रहेको छ ।यसैगरी, चलचित्रमा विशाल काल्तान र रिन्जिन लामाको संगीत र प्रकाश तामाङले छायांकन छ । फिल्म जुलाइ २९ मा ११ः०० बजे बिहान प्रदर्शन हुने बताइएकाे छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा असोज ८ देखि कात्तिक ५ गतेसम्म हुन लागेको नेपाल टी–२० क्रिकेट लिगका लागि चार टोलीको घोषणा गरिएको छ । क्यानले सोमबार चार टोलीको नाम सार्वजनिक गरेको हो । लिगमा ६ टोलीको सहभागिता रहने र बाँकी दुई टोलीको घोषणा र मालिक छिट्टै सार्वजनिक गरिने क्यानले जनाएको छ ।
नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) इनरुवा नगर कमिटिले ईनरुवा नगरपालिकाबाट करार सेवामा कार्यरत कर्मचारीलाई विभेदपूर्ण तरिकाले अवकाश दिइएको भन्दै आपत्ति जनाएको छ । नगर अध्यक्ष तोया गिरी र सचिव मो. मोख्खतार आलमले संयुक्त विज्ञप्ति जारीगर्दै निर्णय सच्याउन आग्रह गर्नुभएको छ ।