• २९ वैशाख २०८१, शनिबार

अध्यक्ष नेम्वाङ अस्वस्थ भएपछि एन्फा बैठक स्थगित

blog

फाइल तस्बिर ।

काठमाडौं, साउन २ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबारका लागि तय भएको बैठक स्थगित भएको छ । एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ अस्वस्थ भएपछि बैठक स्थगित गरिएको एन्फाले जनाएको छ । 

यसअघि एन्फाको बैठक सोमबार दिउँसो ३:०० बजेका लागि डाकिएको थियो । अध्यक्ष नेम्वाङको रुक्त चाप बढ्नुका साथै मुटुमा समस्या देखिएपछि उपचारका लागि मेडीसिटी अस्पतालमा भर्ना गरिएको पनि एन्फाले जनाएको छ । एन्फाको असार ६ गते सम्पन्न निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएपछि नेम्वाङसहितको नयाँ नेतृत्वले सोमबारको बैठकमा प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्ति सहित विभिन्न १२ वटा एजेन्डा तय गरेको थियो । 

सिईओका लागि पूर्व अध्यक्ष गणेश थापा (फिफाद्वारा भष्ट्राचार आरोपमा १० वर्ष निलम्बित) को छोरा गौरव थापाको नाम प्रस्ताव गरिएपछि एन्फामा अहिले विवाद चुलिएको छ । निर्वाचनमा निर्वतमान अध्यक्ष कर्माछिरिङ शेर्पा विरुद्ध निर्वाचन लड्नुभएका नेम्वाङलाई एन्फा अध्यक्षमा जिताउन गणेश थापा समूहले ठूलो सहयोग गरेको थियो ।