• ६ जेठ २०८१, आइतबार

करारका कर्मचारी हटाएकोमा आपत्ति

blog

जयकृष्ण यादव

इनरुवा, साउन २ गते । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) इनरुवा नगर कमिटिले ईनरुवा नगरपालिकाबाट करार सेवामा कार्यरत कर्मचारीलाई विभेदपूर्ण तरिकाले अवकाश दिइएको भन्दै आपत्ति जनाएको छ । नगर अध्यक्ष तोया गिरी र सचिव मो. मोख्खतार आलमले संयुक्त विज्ञप्ति जारीगर्दै निर्णय सच्याउन आग्रह गर्नुभएको छ ।

समान प्रक्रियाबाट नियुक्ति भएका कर्मचारीमध्ये केहीलाई हचुवाका भरमा राजनीतिक प्रतिशोध साँध्ने हिसाबले कर्मचारी हटाइएको उहाँहरुले आरोप लगाउनुभएको छ । “नेताहरुको आफन्त र घर परिवारकालाई काखी च्यापेर कार्यरत कर्मचारिलाई म्याद थप नगरी कामबाट निकाल्नु सरासर गलत भएको सो दलका नेताले आरोप लगाउनुभएको छ । 

नेकपा (एमाले) इनरुवा नगर कमिटिका नगर अध्यक्ष प्रेम पौडेल र सचिव मेघराज न्यौपानेले पनि कर्मचारी हटाएकोप्रति विरोध जनाउनुभएको छ । 

इनरुवा नगरपालिकाले साउन १ गतेबाट लागु हुनेगरी करारका ५७ जना कर्मचारीलाई म्याद थप नगरी अवकाश दिने निर्णय गरेको थियो । सोही विषयलाई लिएर करारका कर्मचारीहरु आन्दोलनमा छन् ।