• १३ साउन २०८१, आइतबार

सुत्केरी महिलाको हवाई उद्दार

blog

आठबिस नगरपालिका–१ की सुत्केरी डम्म कुमारी थापाको हेलीकप्टरमार्फत उद्दार गरिदै । तस्बिर : कमल शर्मा

दैलेख समाचारदाता

दैलेख, साउन २ गते । दैलेखमा सुत्केरी महिलाको हेलीकप्टर मार्फत उद्दार गरिएको छ । जिल्लाको आठबिस नगरपालिका–१ की डम्मकुमारी थापाको नेपाली सेनाको हेलीकप्टरबाट उद्दार गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ । सुत्केरी ब्यथाले च्यापेपछि थापालाई सात्तला स्वास्थ्य चौकीमा बिहान ६ बजे स्वास्थ्य संस्थामा लगिएको थियो । 

आठबिस नगरपालिकाका कार्यपालिका सदस्य तथा प्रवक्ता बीरबहादुर माक्र्सवादीका अनुसार दिउसो १२ बजे बच्चा जन्मिए पनि सुत्केरी भएको एक घण्टापछि सुत्केरी उच्च रक्तचापका कारण बेहोस भएको र थप उपचारका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत हेलीकप्टर मगाएर प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ । स्वास्थ्य चौकीले भने बच्चा एक किलो आठ सय ग्राम जन्मेको र बच्चाको स्वास्थ्य अवस्गा राम्रो रहेको जनाएको छ ।