• ६ कात्तिक २०८१, मङ्गलबार

नेपाल टी–२० लिगको चार टोली घोषणा

blog

काठमाडौं, साउन २ गते । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा असोज ८ देखि कात्तिक ५ गतेसम्म हुन लागेको नेपाल टी–२० क्रिकेट लिगका लागि चार टोलीको घोषणा गरिएको छ । क्यानले सोमबार चार टोलीको नाम सार्वजनिक गरेको हो । लिगमा ६ टोलीको सहभागिता रहने र बाँकी दुई टोलीको घोषणा र मालिक छिट्टै सार्वजनिक गरिने क्यानले जनाएको छ । 

क्यानले कीर्तिपुर स्थिति त्रिभूवन विश्व विद्यालयको मैदानमा आयोजना हुने प्रतियोगिताको आयोजना अधिकार भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको छ । सोमबार सेभेन थ्री स्पोर्ट्सले नै चार टोलीको नाम सार्वजनिक गरेको हो ।सार्वजनिक गरिएको टोलीको मालिकमा एक नेपाली, एक अमेरिकन र दुई भारतीय रहेका छन् ।

टोलीहरुमा कान्तिपुर क्यापिटल र यसको मालिकमा महेश स्वार, लुम्बिनी अल स्टार र यसको टोली मालिकमा अमेरिकी सञ्जय शर्मा, विराटनगर सुपरकिंग्स र यसको मालिकमा भारतीय विक्रम यादव तथा जनकपुर रोयल्ससँग गोल्ड स्पोर्टस् र यसको माकिमा भारतीय गौरीशंकर धमानी रहेका छन् । 

क्यानले यस प्रतियोगितालाई नेपालको पहिलो र एकमात्र आधिकारिक टी–२० लिग भएको दावी गर्दै आएको छ । यस प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि मान्यता दिईसकेको छ ।