• १५ जेठ २०८१, मङ्गलबार

कपिलबस्तुका शिवालयमा भक्तजनको भिड

blog

रामघाट नदीबाट लोट बम गर्दै तौलेश्वरनाथ मन्दिरतर्फ जादैंगरेका भक्तजन । तस्विर : नारद कोहार

नारद कोहार

तौलिहवा, साउन २ गते । साउन महिनाको पहिलो सोमबार कपिलबस्तुकोे शिवालयमा बिहानैदेखि भक्तजनको भिड लागेको छ । कपिलबस्तु सदरमुकाम तौलिहवास्थित रहेको तौलेश्वरनाथ मन्दिर, बाणगंगाको लक्ष्मणघाट, शिवराजको धानखोलास्थित शिव मन्दिरमा विशेष पूजा गरिन्छ ।

साउनमा यस पटक ५ वटा सोमवार परेको छ । भक्तजनहरुले बाणगंगा नदीको रामघाट (भागिरथी नदी) नदीमा स्नान गरी जलअर्पण गरेका हुन । आइतबार राती नदी किनारमा भजन किर्तन, नाचगान गरी भक्तजनहरुले महादेवलाई नदीको जल सोमबार विहान अर्पण गर्नुभयो ।  

साउनको पहिलो सोमवार जलार्पण यात्रामा भक्तजनको भीड लागेको थियो । शिवको प्यारो महिना साउन त्यस्मा पनि सोमवारका दिन स्नान गरी शिव मन्दिरमा जलापर्ण गर्नाले पाप नाश भई पुण्य मिल्ने भक्तजनहरुको बिश्वास छ । 

सदरमुकाम देखि ४ किमी टाढा रहेको नदी बाट भक्तजन तथा बालबालिकाले जल लिएर “बोल बम” भन्दै मन्दिरमा आइ जलार्पण गरेका छन् । भक्तजनलाई बिभिन्न संघ संस्था र ब्यक्तिले प्रसादको ब्यस्था गरेका छन् । साउन महिनामा मन्दिरमा हुने भक्तजनहरुको चापलाई मध्यनजर गर्दै बिशेष प्रबन्ध मिलाइएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष शिवकुमार गुप्ताले बताउनुभयो ।