• १३ साउन २०८१, आइतबार

२७ जिल्लाका बालबालिकालाई भोलि देखि कोभिड–१९ विरुद्ध दोस्रो मात्रा खोप

blog

फाइल तस्बिर ।

गोरखापत्र समाचारदाता

काठमाडौं, साउन १ गते । सरकारले ५ वर्ष देखि १२ वर्ष मुनिका बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको दोस्रो मात्रा खोप भोलिबाट दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोभिड–१९ विरुद्धको पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई साउन २ देखि ८ गतेसम्म सञ्चालन गर्ने भएको हो । 

दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो मात्रा खोप लगाएको खोप कार्ड बोकेर जान आग्रह गरेको छ । सरकारले खोप केन्द्र नजिकैको विद्यालयलाई तोकेको छ। मन्त्रालयका अनुसार खोप लगाउने जिल्लाहरु प्रदेश १ को झापा, इलाम, मोरङ र सुनसरी, मधेश प्रदेशको सप्तरी, धनुष, पर्सा, सिराहा र महोतरी रहेका छन् । 

यसैगरी बागमती प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर, गण्डकी प्रदेशको कास्की, नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ र वर्दिया, कर्णली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेल्धुरा रहेका छन् ।