• ६ कात्तिक २०८१, मङ्गलबार

नेपालद्वारा स्कटल्यान्डलाई एक सय २९ रनको झिनो लक्ष्य

blog

फाइल तस्बिर ।

काठमाडौं, साउन १ गते । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको चौथो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई जितको लागि एक सय २९ रनको झिनो लक्ष्य दिएको छ । टिटवुड ग्लासगो मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३५.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय २८ रन बनायो ।

कमजोर ब्याटिङको सामना गरिरहेको नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाउनुभयो । सन्दीप लामिछानेले २२, विनोद भण्डारीले १३ तथा देव खनाल र रोहित पौडेलले १०/१० रन बनाउनुभयो ।

अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् । बलिङमा स्कटल्यान्डका हाम्जा ताहिरले चार विकेट लिनुभयो । मार्क वाटले तीन गाभिन मेनले दुई तथा किस्टोफर म्याकबाइटले एक विकेट लिनुभयो ।