नेपालको सुदूरपश्चिम क्षेत्र दार्चुला नजिक भूकम्पको धक्का महसुस गरिएको छ ।
कालीगण्डकी नदीबाट चल्ने जल यातायात (स्टिमर) मा अहिले यात्रु पाउँनै सकस हुन थालेको छ । पहिले खाद्यान्न र खचाखच यात्रु बोक्ने स्टिमर यात्रु नपाएर यसै थलिएर बस्न बाध्य भएको छ ।
हङकङमा आजदेखि सुरु हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा अफगानिस्तानले नेपाललाई जितका लागि ११३ रनको लक्ष्य दिएको छ ।
गुल्मीको सदरमुकाम तम्घासमा गाउँका कुकुर आउने र गाउँ नजाने भएपछि व्यवस्थापनमा थप चुनौती देखा परेको छ । रेसुङ्गा नगरपालिका, पशुसेवा शाखाका हिक्मतसिंह महराका अनुसार गाउँबाट तम्घासमा भुस्याहा कुकुरहरु आउने र उनीहरुले बच्चा जन्माउने भएका कारण व्यवस्थापनमा थप चुनौती देखा परेको बताउनुभयो ।
नाँम्खा गाउँपालिका– ६ को पर्यटकीय क्षेत्रका रुपमा रहेको सेलिवाङ दह जाने पर्यटकको सङ्ख्यामा निक्कै वृद्धि भएको छ ।
भक्तजनले चढाएका भेटी गन्न सुरु गरिएको छ । जिल्लाको तिनाउ गाउँपालिका–४, स्थित सत्यवतीमा चिच्याएर वर माग्न आएका भक्तजनले चढाएका भेटी गणना सुरु भएको हो ।
‘रिच ड्याड पोर ड्याड’ लाई धनी बुवा गरिब बुवा नाम दिइएर नेपाली भाषामा आधिकारिक रूपमा अनुवाद तथा प्रकाशन गर्ने सम्झौता भएको छ । उद्यमी तथा लगानीकर्ता रोबर्ट कियोसाकीद्वारा लिखित अन्तर्राष्ट्रिय पुस्तक ‘रिच ड्याड पोर ड्याड’ अङ्ग्रेजी पुस्तकको नेपाली भाषामा आधिकारिक रूपमा अनुवाद तथा प्रकाशन गर्न कथालय इन्क प्रालि नेपालले रिच ड्याड अपरेटिङ कम्पनी, अमेरिकासँग सम्झौता गरेको छ ।
नेपाली गीतसङ्गीतको एक जमानाको स्वर्णभूमि दार्जिलिङले एक से एक सुरकर्मी जन्माएको छ । नेपालमा आई गौरवमय उचाइ प्राप्त गरेका अम्बर गुरुङ तथा गोपाल योन्जन र मुम्बईको पाश्र्व सङ्गीतमा रञ्जित गजमेरको चर्चा जति गरे पनि कमै हुन्छ । सुरको साइनो काठमाडौँ र दार्जिलिङबिच कति कसिलो थियो भन्ने कुरा नारायणगोपालको सफलताका कारकहरू गोपाल योन्जन तथा दिव्य खालिङको सहकार्यले पुष्टि गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकाहरुमा अनुभवी शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतमा खटाउने तयारी गरेको छ ।
नेपाली क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा आफ्नो छाप बढाउँदै लगेको छ । नेपालीको महान् चाड बडादसैँ चलिरहेका बेलामा नेपालले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पराजित ग¥यो । टेस्ट मान्यताप्राप्त कुनै पनि टिमलाई नेपालले यसरी पहिलो पटक पराजित गरेको छ ।
हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर ६ को पुम गाउँका करिब ३५ वर्षीय रामे बुढा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ ।
छिमेकी मुलुक भारतले सीमानदी महाकाली किनारमा आफूखुसी संरचना निर्माण गर्दै नदीको बहाब नेपालतिर फर्काएको भन्दै दार्चुलाका राजनीतिक दल र नागरिक समाजले मङ्गलबार ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएका छन् ।
आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कञ्चनपुरमा नयाँ मतदाता नामावली तथा अद्यावधिक कार्यमा युवाको उत्साहजनक सहभागिता देखिएको छ । जारी रहेको मतदाता नामावली सङ्कलन अभियानमा हालसम्म एक हजार सात सयभन्दा बढी नागरिकले आफ्नो नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका अनुसार असोज १० देखि कात्तिक २० सम्म जम्मा एक हजार ७६५ जनाको नामावली दर्ता भइसकेको छ ।
बाजुराको हिमाली गाउँपालिकाका विद्यालयमा शिक्षक नियमित आउने गर्छन् तर विद्यार्थी भने नआउने गरेको पाइएको छ । वडा नम्बर १ को बिच्छ्याबौडीमा कात्तिक सुरु भएदेखि यहाँ निकै चिसो बढ्न सुरु हुन्छ । यहाँ मङ्सिर, पुस र माघमा बाक्लो हिमपात हुन्छ ।
कैलालीको जानकी गाउँपालिकाको प्रशासकीय भवन बन्ने भएको छ । भवन निर्माणका लागि बिहीबार शिलान्यास गरिएको छ ।