दाङको राप्ती गाउँपालिकाले स्थापना दिवसको अवसरमा राष्ट्रव्यापी खुला ‘क्रसकन्ट्री देवीकोट दर्शन दौड’ प्रतियोगिता आयोजना गर्ने भएको छ।
प्रविधिको विकाससँगै विकसित भएको सामाजिक सञ्जाल हाम्रो दैनिक जीवनको अभिन्न अङ्ग बनिसकेको छ । सरल र सहज प्रविधि भएकाले सामाजिक सञ्जाल हरेक व्यक्तिको साथी जस्तै बनिसकेको छ । सामाजिक सञ्जालको सही र समुचित प्रयोग हाम्रा लागि उपयोगी हुन्छ । यो केवल सञ्चारको माध्यम मात्र नभई सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणको एक शक्तिशाली औजार पनि हो । नेपालमा फेस
रङ्गहरुको पर्व फागुपूर्णिमा(होली) पर्वका अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ।
१०० वर्ष अघिको गोर्खापत्र
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सल्यानमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सुरक्षाकर्मी मतदान स्थलतर्फ प्रस्थान गरेका छन् ।
सार्वजनिक बिदामा पेट्रोलियम पदार्थको बिक्री खुला हुने भएको छ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सार्वजनिक बिदामा नेपाल आयल निगमका डिपो/शाखा कार्यालय खुला हुने भएका छन् । बजारमा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज राख्न डिपो तथा कार्यालय खुला हुने भएका हुन् । सरकारले आसन्न चुनावलाई लक्षित गरेर आगामी बुधबार, बिहीबार र शुक्रबार तीन दिन सार्वजनिक बिदा दिएको छ ।
निर्वाचनको तयारीको बिचमा परेको होली पर्वलाई संयमता पूर्वक मनाउन जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अनुरोध गरेको छ । होली मनाउने क्रममा निर्वाचन आचारसंहिताको पालना गर्न प्रशासनले आग्रह गरेको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर निर्वाचन अवधिमा पनि बैङ्क तथा वित्तीय संस्थाका सेवा सञ्चालन हुने भएका छन् । नेपाल राष्ट्र बैङ्कले निर्वाचनका कारण निरन्तर सार्वजनिक बिदा परेकाले अत्यावश्यक बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।
नेपाल टेलिकमले एकै पटक १० हजारसम्म सामूहिक एसएमएस पठाउन सकिने सुविधा उपलब्ध गराएको छ । टेलिकमको मोबाइल नम्बर प्रयोग गरिरहेका ग्राहकले एकै पटक दुई हजार, पाँच हजार र १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने कम्पनीले जनाएको छ ।
गोलभेँडाको भाउ एक्कासि खस्किएपछि सर्लाहीका किसान मारमा परेका छन् । घाम चर्किएर गर्मी बढेसँगै किसानको खेतमा लगाइएको सबै जसो गोलभेँडा एकै पटक पाकेर बजारमा अत्यधिक भित्रन थालेपछि मूल्य ह्वात्तै घटेको हो । अत्यधिक उत्पादन हुँदा गोलभेँडा बिक्री हुन छाडेको किसानले गुनासो गरेका छन् ।
श्री स्टिल्स लिमिटेडले प्राथमिक सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले उक्त सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडलाई नियुक्त गरेको छ ।
महोत्तरीसहित तराई मधेशका जिल्लामा यस वर्ष आँप उत्पादनमा उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ । आँपका रुखमा प्रशस्त मात्रामा मञ्जर (फूल) लागेपछि किसान उत्साहित छन् ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले फागुपूर्णिमा (होली) पर्व राष्ट्रिय एकता, सामाजिक सद्भाव र सांस्कृतिक विविधतालाई सम्मान गर्दै मुलुकलाई शान्ति र समृद्धितर्फ अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ ।
सरकारले मध्यपूर्वका खाडी देशमा जाने श्रमिकका लागि श्रम स्वीकृति दिन स्थगित गरेको छ । मध्यपूर्वमा इजरायल, अमेरिका र इरानबिचको युद्धका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राखेर सरकारले श्रम स्वीकृति प्रदान गर्न स्थगित गरेको हो ।