सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकाहरुमा अनुभवी शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतमा खटाउने तयारी गरेको छ ।
नेपाली क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा आफ्नो छाप बढाउँदै लगेको छ । नेपालीको महान् चाड बडादसैँ चलिरहेका बेलामा नेपालले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पराजित ग¥यो । टेस्ट मान्यताप्राप्त कुनै पनि टिमलाई नेपालले यसरी पहिलो पटक पराजित गरेको छ ।
हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर ६ को पुम गाउँका करिब ३५ वर्षीय रामे बुढा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ ।
छिमेकी मुलुक भारतले सीमानदी महाकाली किनारमा आफूखुसी संरचना निर्माण गर्दै नदीको बहाब नेपालतिर फर्काएको भन्दै दार्चुलाका राजनीतिक दल र नागरिक समाजले मङ्गलबार ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएका छन् ।
आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कञ्चनपुरमा नयाँ मतदाता नामावली तथा अद्यावधिक कार्यमा युवाको उत्साहजनक सहभागिता देखिएको छ । जारी रहेको मतदाता नामावली सङ्कलन अभियानमा हालसम्म एक हजार सात सयभन्दा बढी नागरिकले आफ्नो नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका अनुसार असोज १० देखि कात्तिक २० सम्म जम्मा एक हजार ७६५ जनाको नामावली दर्ता भइसकेको छ ।
बाजुराको हिमाली गाउँपालिकाका विद्यालयमा शिक्षक नियमित आउने गर्छन् तर विद्यार्थी भने नआउने गरेको पाइएको छ । वडा नम्बर १ को बिच्छ्याबौडीमा कात्तिक सुरु भएदेखि यहाँ निकै चिसो बढ्न सुरु हुन्छ । यहाँ मङ्सिर, पुस र माघमा बाक्लो हिमपात हुन्छ ।
कैलालीको जानकी गाउँपालिकाको प्रशासकीय भवन बन्ने भएको छ । भवन निर्माणका लागि बिहीबार शिलान्यास गरिएको छ ।
रुरुक्षेत्र गाउँपालिका गुल्मीले बजार क्षेत्रमा पर्ने घर टहरा तथा संरचना हटाउन सार्वजनिक सूचना मार्फत अपिल गरेको छ । मदन भण्डारी राजमार्ग आयोजना कार्यालय तम्घासले डेढ वर्षदेखि रिडी–तम्घास सडक स्तरोन्नतिको काम गरिरहेको छ ।
गत वर्ष रुकुमपश्चिमको चौरजहारी नगरपालिका–५ मा निर्माणाधीन खहरे मल्यासिम हुँदै सल्यानको नेटा जोड्ने सडकखण्डमा तीन विकासे कार्यालयले ठेक्का तथा कोटेसन लगाएका छन् । सङ्घीय सरकार मातहतको सहरी विकास तथा भवन निर्माण कार्यालयले २०८१ पुस १ गतेका दिन तीन करोड ९० लाख रुपियाँको लागतमा योसहित थप अर्को सडक स्तरोन्नतिका लागि ठेक्का लगाएको हो । यसै गरी सोही सडकमा स्थानीय पूर्वाधार विकास परियोजना कार्यालय सुर्खेतले २०८१ पुस १६ गतेका दिन ८५ लाख एक हजार ६७२ को लागतमा ठेक्का खोल्यो । सोही सडकमा कर्णाली प्रदेश मातहतको पूर्वाधार विकास कार्यालय चौरजहारीले असारमा पनि दुई वटा कोटेसन वितरण गरेर काम ग¥यो ।
दंगीशरण गाउँपालिकाका पूर्व अध्यक्ष भागीराम चौधरी व्यवसायिक तरकारी खेतीमा लाग्नुभएको छ । लामो समयसम्म गैरसरकारी संस्थामा कार्यरत रहनुभएका चौधरीले २०७४ सालको स्थानीय तह निर्वाचनमा एक गैरसरकारी संस्थाको निर्देशकको पद छोडेर नेकपा (एमाले)को तर्फबाट दंगीशरण गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिनुभएको थियो ।
कर्णाली प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीको सूचना व्यवस्थापन प्रणाली (पिआइएस पोर्टल) को पूर्ण अधिकार बुधबारदेखि औपचारिक रूपमा कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । प्रदेश र स्थानीय तहका कर्मचारीको सूचनालाई एकीकृत र व्यवस्थित रूपमा व्यवस्थापन गर्नका लागि सञ्चालनमा ल्याइएको यो प्रणाली अब कर्णाली प्रदेश सरकारले आफ्नै स्तरबाट सञ्चालन गर्न सक्ने भएको हो ।
कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु तीन अर्व दुई करोड ७३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ ।
गिट्टी कुटेर हुम्लाका महिलाले आम्दानी गर्दै आएका छन् । अन्नबाली थन्क्याएर बेरोजगार बस्नुभन्दा अतिरिक्त आम्दानी हुने भएकाले महिलाले गिट्टी कुट्ने काम गरिरहेका हुन् । खार्पुनाथ गाउँपालिका–४ को छिप्रागाउँकी रुक्बिनी उपाध्यायले हाल दैनिक गिट्टी कुटेर आम्दानी गर्दै आएको बताउनुभयो । बिहान ९ बाट बेलुका ५ बजेसम्म गिट्टी कुटे कमाइ गर्दै आएको उहाँको भनाइ छ । अन्नबाली थन्क्याउने काम सम्पन्न भएपछि महिलाले दैनिक गिट्टी कुटेर आम्दानी गरिरहेको उहाँले बताउनुभयो ।
स्वास्थ्य बिमा गरेकाहरूले समयमा औषधी नपाएको, बिमा कार्यक्रम लागुभएका अस्पतालको दिने सेवा गुणस्तर नभएको भन्नेलगायतका गुनासा निरन्तर आउने गरेका छन् तर त्यही स्वास्थ्य बिमाप्रति गाउँघरमा आकर्षण बढ्दो छ । पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष बिमा गराउने र बिमाबाट उपचार सेवा पाउनेको सङ्ख्या बढीरहेको छ ।
जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधार गृहबाट भागेका ७८ जना बालबन्दीमध्ये ३६ जनालाई पक्राउ गरिएको छ ।