जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधार गृहबाट भागेका ७८ जना बालबन्दीमध्ये ३६ जनालाई पक्राउ गरिएको छ ।
गुल्मीका स्थानीय तहका न्यायिक समितिमा एक वर्षमा एक सयभन्दा बढी उजुरी दर्ता भएका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तहका न्यायिक समितिमा १३६ उजुरी दर्ता भएका हुन् । जसमध्ये १२३ उजुरी फस्र्योट भएको न्यायिक समितिले जनाएका छन् । जिल्लाका प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गरी विवाद समाधानसमेत गरिएको छ । विशेष गरी मानाचामाल, अंशबन्डा, लेनदेन, ज्याला मजदुरी, साध सिमाना जस्ता मुद्दा प्रमुख रूपमा दर्ता हुने गरेका छन् । गाली बेइज्जती, सामान्य कुटपिट, घरेलु हिंसा, श्रीमान्श्रीमतीबिचको बेमेललगायतका उजुरी पनि आउने गरेका छन् ।
ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा प्रसुती सेवा दिनका लागि बर्थिङ सेन्टर खुलेका छन् । तर ती सेन्टरमा पर्याप्त सेवा दिने नर्सको अभाव छ । तसर्थ नर्सहरुलाई सुरक्षित मातृत्वबारे तालिम आवश्यक पर्छ ।
लामो समयसम्म नारायणी नदी पार गर्न काठको डुङ्गामा निर्भर रहँदै आएको सुस्ता अहिले सुगम बन्दै गएको छ । भारतसँग सिमाना जोडिएको सुस्ता गाउँपालिकाको नाम यसको ऐतिहासिक स्थल ‘सुस्ता’ बाट राखिएको हो तर यही सुस्ता गाउँ लामो समयसम्म आफ्नै गाउँपालिकाको मुकामसँग पनि टाढा रहँदै आएको थियो । एकातर्फ भारतीय अतिक्रमणको पीडा, अर्कातर्फ आधारभूत पूर्वाधारको अभावले सुस्तावासीको जीवन विगतमा निकै पीडादायी थियो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले किसानलाई गहुँको बीउ वितरण सुरु गरेको छ । बिहीबारदेखि उपमहानगरपालिकाले गहुँको बीउ वितरण सुरु गरेको हो । यस वर्ष दुई हजार क्विन्टल गहुँको बीउ वितरण गर्न लागिएको उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताउनुभयो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा देशभर मतदाता नामावली दर्ता र अद्यावधिकको काम सुरु भएको छ । लुम्बिनी प्रदेशका हरेक गाउँबस्तीमा मतदाता नामावली दर्ता गर्ने लहर चलिरहेको छ ।
जेनजी आन्दोलनका क्रममा भागेर फर्किएका विराटनगरस्थित बालसुधार गृहका नौ जना बाल बिझ्याइँकर्ता हिजो (बिहीबार) अपराह्न सुरक्षाकर्मीलाई कुटपिट गरी फेरि भागेका छन् ।
देशविदेशमा आफ्नो विशेष पहिचान बनाएको ‘भोजपुरे खुकुरी’ आज पनि स्थानीय कालीगढहरूको हातमै चम्किरहेको छ । भोजपुर खुकुरी उद्योगका लागि परिचित जिल्ला हो । यहाँ अहिले पनि मागअनुसारका विभिन्न प्रकारका खुकुरी तयार पारिन्छन् ।
काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नेपालगन्जको एउटै टोलका दुई जना विद्यार्थी सहिद भएका छन् । नेपालगन्ज–१, धम्बोझीका १९ वर्षीय आयुष थापा र २३ वर्षीय शुलभ श्रेष्ठ काठमाडौँमा भएको जेनजी आन्दोलनमा गोली लागेर सहिद हुनुभएको हो ।
नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनका क्रममा मुदी र दरमा चिरकालिजको बासस्थान रहेको भेटिएको हो । अध्ययनमा सहभागी विराट रजकका अनुसार मुदीमा तीन र दरमा सात जोडी चिरकालिज भेटिएका छन् ।
नेपाल–भारतबीच इनरुवा–पूर्णीया र दोदोधारा–बरेली थप दुईवटा चार सय किलोभोल्ट क्षमताका अन्तरदेशीय प्रसारण लाइनहरू संयुक्त लगानीमा निर्माण गर्नेसम्बन्धी सम्झौता भएको छ ।
अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाले सार्वजनिक सूचनामार्फत विश्व वातावरण सुविधामार्फत प्राप्त हुने १० लाख ८९ हजार पाँच सय ५५ अमेरिकी डलर रकम उपयोगका लागि प्रस्ताव पेस गर्न आग्रह गरेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित याक्खा भाषा