आइतबार काठमाडौँमा आयोजित चुनावी सभामा दुई पार्टीबिच सहमति गरी नेपाली कांग्रेसमा नेपाली कांग्रेस (बीपी) समाहित भएको घोषणा गरिएको हो ।
बाजुराको सुरक्षा अवस्था बारे बुझ्न गृहमन्त्री ओमप्रकाश बाजुरामा पुग्नु भएको छ ।
कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्नुभएका बसन्त बुढाथोकीले नेकपा (एमाले) लाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुभएको छ।
पाल्पा क्षेत्र नं १ बाट नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणप्रसाद आचार्यलाई पितृशोक परेको छ। आचार्य चुनावी प्रचार–प्रसार र घरदैलो कार्यक्रममा व्यस्त रहनुभएको समयमा बुवा दिल्लीप्रसाद आचार्यको ९२ वर्षको उमेरमा निधन भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष एवं लमजुङका प्रतिनिधिसभा सदस्यका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले अफवाह, झुट र उत्तेजनाले देश नबन्ने बताउनुभएको छ ।
वैदेशिक रोजगार विभाग, वैदेशिक श्रम स्वीकृति शाखा ताहाचलले आइतबार एक सूचना जारी गर्दै साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलसहितका देशमा श्रम स्वीकृति रोकेको जनाएको छ ।
धनकुटामा मतदान स्थलमध्ये अधिकांश सामुदायिक विद्यालयमा रहेका छन् । कुल ११९ मतदान स्थलमध्ये १०५ स्थल सामुदायिक विद्यालयमा निर्धारण गरिएको छ ।
निर्वाचनका कारण चलचित्र क्षेत्रका गतिविधि कम रहेका बेला चलचित्र ‘लालिमा’को ट्रेलर युट्युबको ट्रेन्डिङमा परेको छ ।
भोजपुरमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस आबद्ध रहेका ६८ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।भोजपुरको आमचोक गाउँपालिका –७ सागुरीमा नेकपा र कांग्रेसका कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् ।
परराष्ट्र मन्त्रालयले मध्यपूर्वका विभिन्न देशमा १७ लाख २९ हजारभन्दा बढी नेपाली नागरिक रहेको र उनीहरूको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको जनाएको छ ।
पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन साधारण चुनाव मात्र नभएर जनमत सङ्ग्रह समेत रहेको बताउनुभएको छ । यो निर्वाचनले राष्ट्रवादी र राष्ट्रविरोधी कित्ताको निर्क्यौल गर्ने भएकाले यसलाई जनमत संग्रहको रुपमा लिनुपर्ने उहाँले बताउनुभएको हो ।
बर्दियाका किशोर पुन शनिबार रोजगारीका लागि कतार जाँदै हुनुहुन्थ्यो । त्यसैले हातमा पासपोर्ट र नेपाल एयरलाइन्सको टिकट बोकेर उहाँ समयमै विमानस्थल पुग्नुभएको थियो । तर उहाँ कतार जाने भने पाउनुभएन । विमानस्थलमा आएपछि उहाँलाई नेपाल वायुसेवा निगमले हवाई उडान स्थगित भएको सूचना दियो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी तथा शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिन बझाङ पुग्नुभएका गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनविरोधी गतिविधि सह्य नहुने र दोषीलाई कानुनको दायरामा ल्याउने बताउनुभएको छ।
विराटनगरस्थित नोबेल हस्पिटल एन्ड मेडिकल कलेजमा उपचारका क्रममा भएको भनिएको चिकित्सकीय लापरबाही सम्बन्धी मुद्दाको आज तय भएको सुनुवाइ स्थगित भएको छ।
अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणपछि मध्यपूर्वका देशहरूले आफ्नो हवाई क्षेत्र आंशिक वा पूर्णरूपमा बन्द गरेका छन्, जसका कारण विश्वव्यापी हवाई यातायातमा सबैभन्दा ठूलो अवरोध देखा परेको छ । हजारौँ उडान ढिलाइ वा रद्द भएका छन्, हजारौँ यात्रुहरू अस्थायी रूपमा विमानस्थलमा रोकिएका छन् ।