नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले दाङ क्षेत्र नं. २ अन्तर्गत घोराही बजारमा शक्ति प्रदर्शन गरेको छ । आसन्न निर्वाचनलाई लक्षित गर्दै एमाले दाङ क्षेत्र नं. २ ले घोराहीमा शक्ति प्रदर्शन गरेको हो ।
अपन स्वर्ग नेपालद्वारा सुनसरीको इनरुवामा आयोजित अन्तर्राष्ट्रिय ‘अवार्ड’कार्यक्रममा विभिन्न विधामा ८३ जनालाई ‘इन्टरनेसनल अवार्ड’ प्रदान गरिएको छ । विभिन्न विधामा गरेको योगदानका आधारमा प्रदान गर्दै आएको ‘इन्टरनेश्नल अवार्ड’ को दोस्रो संस्करणमा शनिबार ‘अवार्ड’ प्रदान गरिएको हो ।
नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी फागुन २१ गते हुने आम निर्वाचनको पूर्वसन्ध्यामा देश दुई प्रकारका ‘अतिवाद’ को खतरासँग जुधिरहेको बताउनु भएको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष देश सञ्चालनको जिम्मेवारी कांग्रेसलाई दिन आग्रह गर्दै पारदर्शिता र तीव्र विकासको प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार भएको खेलमा आर्मीले नव जनजागृतिलाई ३–० गोलले हरायो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुरक्षा तयारीको सम्पूर्ण काम पूरा भएको बताउनुभएको छ ।
इलामका एक सय ५२ मतदान केन्द्र मध्ये आज एक सय आठ केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी खटिएका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनलाई लक्षित गरी बाँके जिल्लामा गरिएको सुरक्षा तयारी प्रभावकारी र सन्तोषजनक रहेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा आइतबार राति १२ बजेदेखि सीमानाका बन्द हुने भएको छ ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सल्यानमा मतदान अधिकृतहरूलाई निर्वाचन सामग्री वितरण सुरु गरिएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९ दशमलव २७ अङ्कले बढेर दुई हजार ६७४ दशमलव २० को बिन्दुमा कायम भएको छ । यो शून्य दशमलव ७२ प्रतिशतको वृद्धि हो ।
प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण व्यवस्थापकीय र प्राविधिक तयारी पूरा भएको बताउनुभएको छ ।
प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट आ-आफ्नो जिल्लातार्फ मतदाता जानेक्रम जारी छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मधेश प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
नारायणगढ-बुटवल सडक विस्तार आयोजना अन्तर्गत नवलपुर खण्डमा अहिले सर्भिस लेनको काम धमाधम चलिरहेको छ । आयोजनाले अहिले कावासोती क्षेत्रमा सर्भिस लेनको कामलाई तीव्रता दिएको छ ।