गुल्मीको धार्मिक, ऐतिहासिक तपोभूमी एवम् पर्यटकीय स्थल रेसुङ्गा प्राकृतिक सुन्दरताको संगम बन्दै गएको छ । पश्चिम क्षेत्रकै एक पवित्र स्थलको रुपमा रहेको रेसुङ्गाधाम धार्मिक पर्यटकीय र प्राकृतिक सुन्दरताको संगम बन्दै गएको हो ।
रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत भाषा परीक्षा उत्तीर्ण गरे पनि कोरिया पठाउन ढिलाइ गरेको भन्दै विरोध प्रदर्शन भएको छ । भाषा र सिप परीक्षा उत्तीर्ण गरेको दुई वर्ष बित्न लाग्दासमेत दक्षिण कोरिया जान नपाएकाले बिहीबार ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत इपिएस कोरिया शाखा घेराउ गरेका हुन् ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ४९ पैसा र बिक्रीदर १४२ रुपियाँ ०९ पैसा निर्धारण गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
नागरिक उड्डयन क्षेत्रको सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवं सुझाव समितिले नेपाल वायुसेवा निगमलाई तीन वटा निकाय बनाएर सञ्चालन गर्न सुझाव दिएको छ । वर्तमान उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा अध्यक्ष रहेको समितिले सरकारलाई बुझाएको प्रतिवेदनले निगम सुधारका लागि पहिलो चरणमा पुँजीगत आवश्यकता पूर्ति गर्न कम्पनी ऐन, २०६३ अनुकूल हुने गरी निगमको स्वामित्व परिवर्तन गर्न, कम्पनीमा रूपान्तरण गर्न सरकारी स्वामित्वका संस्था र कोषमार्फत लगानी गरी सेयर अभिलेखीकृत गराउन र उल्लेखित ऐन अनुसार नयाँ पब्लिक कम्पनी स्थापना गर्न सुझाएको छ ।
सुनसरीको खनारस्थित रिलायन्स स्पिनिङ मिल्सले डेडिकेटेड तथा ट्रङ्क लाइनमार्फत उपभोग गरेको विद्युत्को प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता नेपाल विद्युत् प्राधिकरणलाई बुझाएको छ ।
नेपाली कांग्रेसका नेताहरूले भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि देश असाधारण परिस्थितिमा रहेकाले यसको पृष्ठभूमिका गहिराइसम्म पुगेर समाधान खोज्नुपर्ने बताउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा असोज २८ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार बोल्ने केन्द्रीय सदस्यहरूले जेनजी विद्रोहका सन्दर्भमा गहन समीक्षा गरी त्रुटि स्वीकारेर क्षमायाचना गर्नुपर्ने बताउनुभएको हो ।
विश्व शान्ति स्थापनाका लागि नेपालले संयुक्त राष्ट्रसङ्घमा आफूलाई पुरानो र भरपर्दो सहयोगी राष्ट्रका रूपमा स्थापित गर्न सफल भएको छ । राष्ट्रसङ्घको ८० औँ स्थापना दिवसका सन्दर्भमा नेपाली सेनाले काभ्रेपलाञ्चोकको पञ्चकालीस्थित वीरेन्द्र शान्ति कार्य तालिमकेन्द्रमा शान्ति स्थापनार्थ तैनाथ रहँदा वहन गर्ने विविध जिम्मेवारीबारे नमुना अभ्यास प्रस्तुत गरेको छ । सो समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले विश्व शान्ति स्थापनामा नेपाल राष्ट्रसङ्घको भरपर्दो र प्रतिबद्ध मुलुक रहेकाले विश्वव्यापी शान्ति तथा सुरक्षा प्रदान गर्न सधैँ प्रतिबद्ध रहेको बताउनुभयो ।
निर्वाचन आयोगले नेपाली सेनासहित चार वटै सुरक्षा निकायलाई एकीकृत रूपमा परिचालन गर्न सुझाव दिएको छ । निर्वाचनको वातावरण बनाउन सुरक्षा पहिलो सर्त रहेको बताउँदै राजनीतिक दलहरूले सरकार र निर्वाचन आयोगलाई आग्रह गर्दै आएका पनि छन् ।
जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको जनधनको क्षतिबारे अनुसन्धान र कारबाहीका लागि गठन गरिएको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले तहगत रूपमा सुरक्षाकर्मीको बयानको तयारी थालेको छ ।
सगरमाथा आरोहण आफैँमा जोखिम र चुनौतीपूर्ण यात्रा हो । सगरमाथा चुचुरोमा पहिलो मानव पाइला पुगेको ७२ वर्षमा धेरै कीर्तिमान कायम भएका छन् । सगरमाथाको चुचुरोमा एकै जनाले दर्जनौँ पटक आरोहण गरेको, दुवै खुट्टा गुमाएकादेखि विभिन्न प्रकारका फरक क्षमता (शारीरिक अपाङ्गता) भएका र दृष्टिविहीनसम्मले चुचुरो चुमेर संसारलाई मानवीय साहस र क्षमता देखाइसकेका छन् ।
खोटाङमा थपिएका नयाँ मतदातामा ९० प्रतिशत जेनजी युवा रहेका छन् । निर्वाचन आयोगले सञ्चालन गरिरहेको मतदाता नामावली दर्तामा जिल्लामा हालसम्म ९ सय ४८ जनाले नाम दर्ता गराएका हुन् ।
दाङमा प्रहरीले खोलाबाट अवैधरुपमा ढुंगा उत्खनन् गरिरहेको अवस्थामा तीन ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
म्याग्दीको मङ्गला गाउँपालिका –५ र बागलुङको ताराखोला गाउँपालिका –४ को सिमानामा रहेको पर्यटकीय स्थल तिनचुलेले पर्यटकलाई आकर्षित गर्दैआएको छ ।
नेकपा (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रको स्वाधिनता र हितमा बोल्ने पार्टी नेकपा (एमाले) मात्र रहेको बताउनुभएको छ । आज एमाले जिल्ला कमिटी सोलुखुम्बुले आयोजना गरेको नवौँ पूर्ण बैठक तथा वृहत् अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।