मोरङको सुनवर्षी नगरपालिकामा मतदातालाई प्रभावित पार्ने उद्देश्यले पैसा बाँड्न हिँडेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
कास्कीमा फागुन १८ गतेदेखि रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक लगाइएको छ ।
फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने कर्मचारीले शनिबार नियुक्तिपत्र बुझेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट कर्मचारीले नियुक्तिपत्र बुझेका हुन् ।
आम निर्वाचनका लागि म्याग्दीबाट उम्मेदवारी दिएका १२ मध्ये एक मात्रै स्वतन्त्र उम्मेदवार महावीर पुनको चुनाव प्रचारका लागि आज आइतबार बेनी बजारमा सरसफाइ गरिएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) खोटाङका उम्मेदवार डा. हरि रोकाको चुनावी अपिल दस जातजातिको मातृभाषामा तयार पारिएको छ ।
कालीकोटमा सात दिनसम्म मदिरा बिक्री बितरण गर्न पूर्णरुपमा निषेध गरिएको छ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, तथा भयरहित बनाउन तोकिएको अबधिमा मदिरा बिक्री बितरण गर्न निषेध गरिएको हो ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबैभन्दा धेरै १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ ।
बाजुराका अधिकांश मतदाता यतिबेला रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँमा बसोबास गरिरहेका छन्। हिउँदको समयमा रोजगारीका लागि भारत गएका मतदाता गाउँमा चुनावी चहलपहल बढे पनि अझै फर्किएका छैनन्।
नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।
अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको व्यापक सैन्य आक्रमण र इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको रिपोर्ट गरिएको मृत्युले मध्यपूर्वलाई अनिश्चित मोडमा पुर्याएको छ ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका कर्मचारीहरुलाई निर्वाचन सामग्री बुझाउन सुरु गरिएको छ । निर्वाचनमा खटिएका मतदान अधिकृतहरुलाई अभिमुखिकरण गरी नियुक्ति पत्र दिएसँगै आइतबारदेखि निर्वाचन सामग्रीहरु बुझाउन थालिएको हो ।
संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि व्यापक हवाई आक्रमण थालेपछि मध्यपूर्व अभूतपूर्व तनावमा धकेलिएको छ ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबैभन्दा धेरै १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ ।
हेटौँडा उपमहानगरपालिका–१८ भुटनदेवी टोलमा विद्युत् सर्ट भई आगलागी हुँदा एक घरमा क्षति पुगेको छ । शनिबार राति १०:५० बजेर स्थानीय अचुत रोकाको घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको हो ।
सरकारले नाग्म–गमगडी राजमार्ग कालोपत्रे गर्ने प्रक्रिया अगाडि बढाएको छ। बजेट अभावका कारण झन्डै तीन वर्षदेखि रोकिएको नाग्म–गमगडी सडकको काम यसपटक भने अघि बढ्ने भएको छ।