ललितपुरको प्रसिद्ध रातो मछिन्द्रनाथको रथको जलेको पाङ्ग्रा पुनर्निर्माण कार्य सुरु भएको छ । गत भदौमा जेनजी आन्दोलनका क्रममा आगलागीबाट क्षतिग्रस्त बनेको रातो मछिन्द्रनाथको रथका पाङ्गा अहिले परम्परागत शैलीमा नयाँ बनाउने काम भइरहेको हो ।
इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई मारिएको इरानका सरकारी मिडियाले पुष्टि गरेको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले सो कुराको पुष्टी गरेको बीबीसीमा उल्लेख छ ।
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु पाँच हजार ६०० र चाँदी प्रतितोला रु दुई सय ४५ ले बढेको हो ।
निर्वाचन स्थलहरूको अनुगमन तथा सुरक्षा अवस्थाबारे प्रत्यक्ष जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल आइतबार सुदूरपश्चिम प्रदेश आउनुहुने भएको छ ।
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सुरक्षित, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्नका लागि बाजुरामा एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) बाँकेले जिल्लाका विभिन्न स्थानमा पर्यवेक्षण गर्ने जिम्मेवारी पाएका निर्वाचन प्रर्यवेक्षकहरुलाई अभिमुखिकरण गरेको छ ।
जिल्ला प्रशासन कार्यालय लमजुङले फागुन १८ गते मनाइने होली पर्वमा उम्मेदवार र राजनीतिक दलको चिह्न अंकित कपडा र कपडाजन्य सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित सल्यानमा नेपाल प्रहरीले मोटरसाइकलबाट गस्ती गरेको छ ।
ढोरपाटन नगरपालिकाले उत्तरगङ्गा नदीमा छानोसहितको साँघु निर्माण गरिएको छ । पर्यटक र स्थानीयलाई वारपार गर्न ढोरपाटन नगरपालिकाले साँघु निर्माण गरेको हो ।
सर्लाहीको उत्तरी चुरेभेगस्थित लालबन्दी नगरपालिका–१४, नारायणखोलबाट उद्धार गरी डिभिजन वन कार्यालयमा ल्याइएको रतुवा मृग मरेको छ ।
तनहुँको दमौलीदेखि चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड जोड्ने बुद्ध सिं मार्गअन्तर्गतको ‘घुमाउने पुल’ निर्माणका लागि तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवारहरूले सामूहिक लिखित प्रतिबद्धता व्यक्त गरेका छन् ।
इलामको क्षेत्र नं. १ मा विगतका निर्वाचनमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल चुनावमा उठेपछि ठुलै तामझाम र होहल्ला हुने गथ्र्यो । यस पटक खनालले निर्वाचनमा उम्मेदवारी दिनु भएन । यस पटक
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोटे भाषा
प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा समाचार सङ्कलन गर्दा सम्भावित जोखिमप्रति सतर्क रहन नेपाल पत्रकार महासंघ बागमती प्रदेशले सञ्चारकर्मीहरूलाई आग्रह गरेको छ ।
अगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बैतडीका दूरदराजका बस्तीमा दलहरूले घरदैलो अभियान तीव्र पारेका छन्।