• १७ फागुन २०८२, आइतबार

बिजुली सर्ट हुँदा एक घरमा आगलागी

blog

अनिल पराजुली  
हेटौँडा, फागुन १७ गते ।
हेटौँडा उपमहानगरपालिका–१८ भुटनदेवी टोलमा विद्युत् सर्ट भई आगलागी हुँदा एक घरमा क्षति पुगेको छ । शनिबार राति १०:५० बजेर स्थानीय अचुत रोकाको घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको हो ।

आगलागीबाट घरसँगै घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन तथा फर्निचर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घटनामा अन्दाजी पाँच लाख ५० हजार रुपियाँ बराबरको धनमाल क्षति भएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नान्तीराज गुरुङले जानकारी दिनुभयो ।

हेटौँडा उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा राति ११ः२० बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरी चौकी ठुलोदमारले जनाएको छ । घटनामा मानवीय तथा चौपाया क्षति नभएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।