• १७ फागुन २०८२, आइतबार

इलाममा एक सय आठ केन्द्रका सामग्री पठाइयो

blog

निर्वाचन सामग्री बुझेर निर्वाचन केन्द्र तर्फ जाने तयारीमा निर्वाचन कर्मचारीहरू । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, फागुन १७ गते । इलामका एक सय ५२ मतदान केन्द्र मध्ये आज एक सय आठ केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी खटिएका छन् । अब बाँकी रहेका मतदान केन्द्रमा भोलि १० बजेसम्ममा निर्वाचन सामग्री पठाइ सकिने जिल्ला निर्वाचन अधिकारी देवीचरण फुयाँलले बताउनुभयो । 

फुयाँलले टाढाका सबै मतदान केन्द्रहरूमा निर्वाचन सामग्री र कर्मचारीहरू गइसकेको बताइएको छ । निर्वाचन सम्पन्न गराउन इलाममा जम्मा एक हजार सात सय ४० कर्मचारी खटिएको फुयाँलले जानकारी दिनुभयो । 

यसपटक इलाममा एक सय ५० स्थायी, दुई वटा अस्थायी मतदान केन्द्र रहेका छन् । यी केन्द्रहरूमा दुई सय ९० मतदान स्थल रहेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ । दुई निर्वाचन क्षेत्र रहेको इलाममा यसपटक दुई लाख ३१ हजार ८०९ मतदाता रहेका छन् ।