मध्यपूर्वी देशमा भएको आक्रमणका कारण सुनचाँदीको मूल्य थप बढ्ने अनुमान गरिएको छ । अमेरिका र इजरायलद्वारा इरानमाथि भएको आक्रमण र इरानले पनि विभिन्न देशमा गरेको प्रत्याक्रमणको भोलिपल्ट नेपाली बजारमा सुनको मूल्य पाँच हजार रुपियाँभन्दा धेरैले बढेको छ ।
नेपालगन्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विभिन्न १८ देशबाट ४४ अर्ब रुपियाँभन्दा बढीको आयात भएको छ । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार गत सात महिनाको अवधिमा भारतलगायत १८ देशबाट ४४ अर्ब ५४ करोड २१ लाख ६६ हजार रुपियाँ बराबरको मालसामान आयात भएको हो । सबैभन्दा बढी आयात भारतबाट मात्रै ४१ अर्ब पाँच करोड ९७ लाख ९७ हजार रुपियाँ बराबरको भएको छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार चीनबाट दुई अर्ब ५२ करोड ५० लाख ७० हजार मूल्य बराबरको मालसामान आयात भएको छ ।
“ऋणले चुर्लुम्मै डुबियो, न काम लाग्ने पुराना सामग्री चलाउन पाइयो न त ऋण तिर्न पाइयो, किन मान्छे विदेश पलायन हुन्छन् भन्ने कुराको हेक्का हुँदै छ अहिले,” इलामको जसबिरे चिया कारखानाका सञ्चालक शरद सुब्बाले भन्नुभयो, “शुभचिन्तकबाट लिएको रकम समयमा फिर्ता गर्न नसक्दा लज्जाबोध भइसक्यो ।”
सरकारले पश्चिम एसिया तनावका कारण विमानस्थल बन्द भएकाले नेपाली यात्रुलाई गन्तव्यमा लग्न नसकिएकाले त्यहीँ प्रबन्ध गरिएको जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रीपरिषद् बैठकले सबै विमानस्थल बन्द भएकाले फर्काउन नसकिएकाले सम्बन्धित ठाउँमै सुरक्षित रहने व्यवस्था गरिएको परराष्ट्रमन्त्री बालनन्द शर्माले जानकारी दिनुभयो ।
नेपाल सरकारले पश्चिम एसियास्थित इरानमा बढ्दै गएको तनावसँगै आसपासका देशमा रहेका १७ लाखभन्दा बढी नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी पश्चिम एसियाका विभिन्न १३ वटा मुलुकमा थप सङ्कट बढ्ने अवस्था आए सबै नेपालीलाई सुरक्षित रूपमा नेपाल ल्याउने गरी आवश्यक गृहकार्य भइरहेको जनाएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत फागुन २१ गते हुने मतदानका लागि उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्ने अन्तिम दिन सोमबार उम्मेदवार र दलको प्रवर्धन हुने गरी प्रचारप्रसार गर्न पाउने छन् । फागुपूर्णिमा पर्व पनि परेका कारण कतिपय उम्मेदवारले अन्तिम दिनमा आन्तरिक बैठकमा केन्द्रित हुने रणनीति बनाएका छन् ।
संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त सैन्य आक्रमणपछि नेपालबाट पश्चिम एसिया क्षेत्रमा हुँदै आएको हवाई सेवा व्यापक रूपमा प्रभावित भएको छ । अमेरिका र इजरायलले इरानका सैन्य तथा आणविक पूर्वाधारमाथि शनिबार गरेको हवाई आक्रमणको प्रत्युत्तरमा इरानले अमेरिकी सैन्य अखडा, विमानस्थललगायतका सहयोगी संरचनामाथि गरेको मिसाइल र ड्रोन आक्रमणपछि कतार, संयुक्त अरब इमिरेट्स र साउदी अरबलगायतका देशले आफ्नो हवाई आकाश बन्द गर्दा आइतबार काठमाडौँमा ओहोरदोहोर गर्ने २३ वटा उडान हुन सकेनन् ।
काठमाडौँका १० क्षेत्र, भक्तपुरका दुई र ललितपुरका तीन जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनको उल्लासमय माहोल देखिएको छ । राजधानीका तीन जिल्लाका ११ लाख ८४ हजारभन्दा बढी मतदाताले १५ जना प्रतिनिधि सभा सदस्य छान्ने छन् ।
फागुन १९ गते मङ्गलबार साँझ नेपालका विभिन्न भागबाट खण्डग्रास चन्द्रग्रहण देखिने भएको छ । यो ग्रहण विशेष किसिमको रहने छ किनभने चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा चन्द्रमा उदाउने भएकोले यो ग्रहणलाई दुर्लभ मानिएको वाल्मीकि क्याम्पसका वरिष्ठ खगोलविद् प्राडा जयन्त आचार्य बताउनुहुन्छ ।
भारतसँग सीमा जोडिएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) देखि चीनको तिब्बत छुने कोरला नाका समेटिएको गण्डकी प्रदेशमा २४ लाख ६६ हजार मानिसको बसोबास छ । यही फागुन २१ गते हुने आमनिर्वाचनमा यस प्रदेशमा १८ लाख ७० हजार ६५ मतदाता छन् । निर्वाचनकेन्द्रित हुँदै दलले विभिन्न नाममा जारी गरेका घोषणापत्रमा पर्यटन, सुशासन र प्रविधिमार्फत प्रदेशको समृद्धि हासिल गर्ने उल्लेख छ ।
नेकपा (एमाले) का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले दाङको विकास र समृद्धिको लागि साझा जनप्रतिनिधिका रुपमा आफूले नेतृत्व गर्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघले निर्वाचनको समयमा दुर्गम क्षेत्रमा खटिने पत्रकारको सुरक्षा र आकस्मिक उद्धारका लागि ‘मिडिया सेफ्टी डेस्क’ र आवश्यक परेको खण्डमा हवाई उद्धारको व्यवस्था समेत मिलाउन सरकारसँग आग्रह गरेको छ ।
नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जिल्ला तथा प्रदेशस्तरीय नेताहरू नेकपा (एमाले) मा प्रवेश गरेका छन् । नेकपाबाट एक जना पूर्व केन्द्रीय सदस्य पनि एमालेमा प्रवेश गर्नुभयो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले शान्ति सुरक्षाको अवस्था मजबुत बनाइएकाले निर्वाचनमा ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई आग्रह गर्नुभएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधामन्त्री केपी शर्मा ओलीले नेपालको वर्तमान राजनीति अत्यन्त संवेदनशील अवस्थामा रहेको बताउनुभएको छ ।