रियलको घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ४–० गोलले हरायो ।
बस्ती विवादका कारण लामो समयदेखि निर्माण कार्य अगाडि बढ्न नसकेको बाँकेको बैजनाथ गाउँपालिका–२ र ३ मा निर्माणाधीन नौबस्ता औद्योगिक क्षेत्रको काम अघि बढाउने सहमति बनेको छ ।
गैरआवासीय नेपाली सङ्घका अध्यक्ष बद्री केसीले राजनीतिक हस्तक्षेपले गैरआवासीय अभियानमा समस्या आएको बताउनुभएको छ।
पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्ड विस्तारअन्तर्गत तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रमा छ लेनको सडक बनाउने कार्य सुरु भएको छ । सडक मापदण्डभित्र रहेका घरटहरा भत्काएपछि तदारुकताका साथ काम भइरहेको आयोजनाले जनाएको छ ।
जापानमा जारी उसुको तेस्रो थाउलो विश्वकप–२०२४ मा नेपाललाई ऐतिहासिक कांस्य पदक प्राप्त भएको छ ।
सरकारबाट सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग पर्यटकको आकर्षणको केन्द्रका रूपमा स्थापित हुन थालेको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपालीका सन्ततिलाई नेपालको कला, संस्कृति तथा भूगोलसँग जोडेर पुर्खाको थातथलोका बारेमा जानकारी दिन र नेपालमा नै लगानी गर्नसक्ने अनुकूल वातावरणको सिर्जना गर्न नेपाल सरकार सधैँ प्रतिबद्ध रहेको बताउनुभएको छ।
नवलपुरका पत्रकार प्रेम क्षेत्रीको निधन भएको छ । चितवनको माडी नगरपालिका –१ चैनपुर स्थायी घर भइ नवलपुरमा पत्रकारिता गर्दैआएका क्षेत्रीको ४० वर्षको उमेरमा गए राति निधन भएको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८१ को मस्यौदा तयार भएको बताउनुभएको छ ।
नवलपुरको पहाडी क्षेत्रका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । राजमार्गदेखि उत्तरतर्फका पहाडी क्षेत्रतर्फ जाने ग्रामीण सडकको अवस्था जीर्ण हुँदा यस क्षेत्रमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताका विषयमा कुनै सौदाबाजी गर्ने जस्ता घिनलाग्दा काम हामीबाट हुन सक्दैन भन्नुभएको छ ।
चाडपर्व मनाउन कृषि उपज बिक्री गर्नुपर्ने बाध्य भएका रौतहटका किसान यतिबेला मर्कामा परेका छन् । आम्दानीको अन्य स्रोत नभएपछि धान बिक्री गरेर चाड पर्व मनाउन बाध्य भएका किसान मल्य घटेपछि मर्कामा परेका हुन् ।
साविक विजेता बङ्गलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
मनसुन सक्किएर वर्षा कम भएपछि यतिबेला इलाममा भारतीय पर्यटक आउन थालेका छन् । इलामको कन्याम, अन्तु हुँदै इलाम भएर पर्यटकीयस्थल सन्दकपुरसम्म जाने भारतीय पर्यटकको सङ्ख्या बढेको छ ।
विश्वकप लिग–२ मा नेपालले पहिलो खेल आज राति घरेलु टोली अमेरिकासँग खेल्दैछ। उक्त खेल राति ९ः१५ बजे सुरु हुनेछ।