इजरायलले इरानका विभिन्न सैन्य आधारमा शनिबार हवाई आक्रमण गरेको बताएको छ ।
देशभर पश्चिमी वायुका साथै बङ्गालको खाडीमा विकसित चक्रवात ‘दाना’ को आंशिक प्रभाव नेपालमा समेत परेको छ ।
स्याङ्जाको गल्याङमा सुविधा सम्पन्न अस्पताल भवन निर्माण भएको छ । भारत सरकारको सहयोगमा निर्माण भएको भवनमा गल्याङ नगरपालिकाले १५ शय्याको नगर अस्पताल सञ्चलनमा गर्दैआएको छ ।
विश्व लगानी सप्ताह–२०२४ को अवसर पारेर नेपाल धितोपत्र बोर्ड र जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपुरले लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम गरेका छन् ।
तनहुँको पर्यटकीय नगरी बन्दीपुर घुम्न आएका विदेशी पर्यटक जातीय पोसाकमा सजिएर कौरामा रमाएका छन् । विभिन्न देशबाट बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटकले विभिन्न जातजातिका पोसाकमा सजिएर कौरा र चुड्कामा नाचेका हुन् ।
नवलपुरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । जिल्लाको देवचुली नगरपालिका वडा नं. ९ विशालटारका ३० वर्षीय अर्जुन नेपालीले सोही ठाउँका २९ वर्षीय मिलन मानन्धरलाई धारिलो हतियारले पेटमा प्रहार गरी हत्या गरेको नवलपुर प्रहरीले जनाएको छ ।
धनुषा र सिरहाको बिच भागबाट बग्ने कमला नदी र चुरे पहाड ।
पूर्वमन्त्री तथा नेकपा (एमाले) का नेता लिलानाथ श्रेष्ठले वर्तमान सरकारले मधेसको विकासमा उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।
मोरङको उर्लाबारी नगरपालिका वडा न १ चार घरे भन्ने स्थानबाट उद्धार गरिएको हिउँ चितुवा सदर चिडियाखानामा राखिएको छ ।
अमेरिकाको डेमोक्रेटिक पार्टीबाट नेपाली मूलका टीका पौडेल अहिले टेक्सासस्थित युलेस सिटीका उपप्रमुख (मेयर प्रोटिन) सेवारत हुनुहुन्छ ।
छठ पर्वलाई लक्षित गर्दै वीरगञ्जको घडीअर्वा पोखरी सजाइँदै। छठ पूजा व्यवस्थापन समितिले घडीअर्वा पोखरीमा छठको पण्डाल, झिलिमिली र झकिझकाउ सजावटको काम थालेको छ ।
ओखलढुङ्गा, कात्तिक १० गते । ओखलढुङ्गाको मोलुङ गाउँपालिकास्थित कुल खोलामा रहेको मोटरेबल पक्की पुल र झोलुङ्गे पुल । खोलामा पहिले झोलुङ्गे पुल रहेकोमा अहिले नजिकै मोटरेवल पुल बनाइएको हो । कोशी प्रदेश सरकारले पक्की पुलसँगै रहेको झोलुङ्गे पुल अन्यत्र सार्ने तयारी थालेको छ । तस्बिरः रासस
यहाँको तिला गाउँपालिका–१ स्थित रारामा तिला नदीमाथि मोटरेबल ‘स्टिल ट्रस’निर्माण गरिएको छ । पुल निर्माण भएपछि तिला ६, ७, ८ र ९ वडा सडक सञ्जालमा जोडिएका छन् ।
दीपावली र छठ पर्वअघि मधेसमा घर रङरोगन गर्ने परम्परा रहेको छ । अहिले यहाँका बस्तीका सर्वसाधारण घरमा रङरोगन गर्ने काममा व्यस्त छन् ।
जो मानिसहरू हृदयबाट सोच्ने गर्छन्, उनीहरूले हत्पति दिमागको प्रयोग गर्दैनन् ।