प्रतिनिधि सभा बैठक सुरु भएको छ । बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै हुनुहुन्छ ।
प्रतिनिधिसभामा प्रधानमन्त्रीले आज लिनुहुने विश्वासको मत र आगामी १५ दिनका लागि सभाको कार्यतालिका तर्जुमाका विषयमा सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य रन्जिता श्रेष्ठ चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने बताउनुभएको छ । उहाँले भन्नुभयो, “नागरिक उन्मुक्ति पार्टीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई विश्वासको मत दिन्छ ।”
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ ।
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ र ६ का गाउँ विद्युतविहीन भएको दुई वर्ष भएको छ । विद्युतगृह पहिराले बगाएसँगै गाउँले अहिले अन्धकारमा बस्न बाध्य भएको हुन् ।
विश्वास प्राप्त गर्न प्रतिनिधि सभा सङ्घीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । जसअन्तर्गत प्रतिनिधि सभाको बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।
ललितपुरको बालकुमारीस्थित पुनःनिर्मित बालकुमारी मन्दिर समुद्घाटन समारोहमा राष्ट्रपति पौडेलले काठमाडौँ, ललितपुर र भक्तपुरका महत्त्वपूर्ण ऐतिहासिक सम्पदाहरूको पुनःनिर्माण गरी जीवन्त राख्न गरेको प्रयास र यसले पर्यटन प्रवर्द्धनमा पुर्याएको योगदान प्रशंसनीय रहेको बताउनुभयोे ।
आज [मङ्गलवार]देखि सुरु भएको रमजान रोजा पर्वको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना दिनुभएको छ । इस्लाम धर्मावलम्वीहरुमा रमजानुल मुवारक र सुस्वास्थ्य, सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
हामी २०८० साल पुस २० गते शुक्रबार दोलखा जिल्लाको भ्रमणमा गयौँ । स्कुलमा जाडो बिदा भएकाले हामी घुम्न गएका हौँ । दोलखा जाँदा काठमाडौँबाट गाडी चढेपछि भक्तपुर, काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक हुँदै दोलखा सदरमुकाम चरीकोट पुगिने रहेछ । चरीकोटबाट केही पर दोलखा बजारमा मेरो आफन्तको घर भएकाले बास बस्न त्यता गयौँ । काठमाडौँ छोडेर म पहिलो पटक गाडीको लामो यात्रामा हिँडेको थिएँ । दोलखामा बस्दा, दोलखा भीमसेनको मन्दिर, कालिञ्चोक मन्दिर र जिरी घुम्न पाएँ । ती सबै ठाउँको घुमघामका बारेमा केही लेख्दै छु ।
दोस्रो संविधानसभाको सदस्यका रूपमा क्रियाशील रहेर अहिलेको जिम्मेवारीमा आइपुग्दा धेरै नै फरक महसुस भइरहेको छ । हिजो र आजको जनताको चेतनास्तरमा पनि धेरै परिवर्तन आएको छ ।
जता हे-यो त्यतै ठाउँ ठाउँमा झम्म परेका हरिया गोलाकार रुखहरू, जमिनबाट फुत्त बाहिर निस्केर आकाश ताकेर हुत्तिँदै माथि पुगेपछि चारैतिर बान्की मिलेका हरिया पातका छाता आढेर कुखुरीले चल्ला छोपे झैैँ पूर्ण रूपमा विकसित हुँदै
सांस्कृतिक सत्ता र समताका लागि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको एकल कविता वाचन कार्यक्रम लुम्बिनी प्रदेशको कोहलपुरमा सम्पन्न भयो। यस अवसरमा कुलपति राईले लगभग एक दर्जन कविता वाचन गर्नुभएको थियो । वाचित कविताहरूमा सौन्दर्ययुक्त चेतना ,पहिचान ,मुक्ति र अग्रगमनका स्वरहरू गुन्जिएका थियो ।
जिल्ला अस्पताल खोटाङमा ५० शय्याको पक्की भवन निर्माणको काम गतपुसदेखि ठप्प छ । रु २२ करोड ९० लाख ४७ हजार ९२ लगानीमा सो भवन बनाउन निर्माण कम्पनीले जिम्मा लिएको थियो ।
बेपत्ता भएको ४ महिना पछि झुन्डिएको अवस्थामा वृद्धको शव फेला परेको छ । गोरखाको सहिद लखन गाउँपालिका – ३ का ८४ वर्षीय भीम बहादुर गुरुङ मङ्गलवार भुण्डिएको मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
पर्वतमा सहकारी ठगीमा एकै परिवारका ९ जनालाई मुद्दा चलाइएको छ । एकै परिवारका सदस्यहरूमार्फत दुई सहकारी सञ्चालन गरी सर्वसाधारणको रकम दुरुपयोग गरेको पाइएपछि दुवै सहकारीमा रहेका एकाघर परिवारका ९ जना विरुद्ध सहकारी ठगीको मुद्दा दर्ता भएको हो ।