साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु भएको ‘मुन्दुम ट्रेल’ पदमार्ग जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यस्थलका रुपमा पर्दछ । नेपाल सरकारको सयवटा पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्ग करिब एक सय सात किलोमिटर लामो दूरीको छ ।
चलचित्र ‘ह्रस्व दीर्घ’ कात्तिक ३० देखि नेपाली र हिन्दी भाषामा एकसाथ प्रदर्शन हुने भएको छ । विदेशमा मङ्सिर ७ देखि मात्र नेपाली र हिन्दी भाषामा रिलिज हुने जनाइएको छ ।
शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ जङ्गली याक फेला परेको छ । सो क्षेत्रमा गरिएको अध्ययनका क्रममा निकुञ्जमा भाले जङ्गली याक भेटिएको हालै खुलासा गरिएको हो ।
नेपाल आयल निगमले नजिकिँदै गरेको तिहार र छठमा खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्था सहज बनाउन ग्यास उद्योगीलाई निर्देशन दिएको छ ।
मोरङका किसान धान खेत मास्दै सुपारी खेती लगाउन थालेका छन् । सुपारी खेतीमा बहुबाली लगाउन सकिने र सुपारीका दानासँगै पात पनि राम्रो मूल्यमा बिव्रmी हुन थालेपछि किसान सुपारीप्रति आकर्षित भएका हुन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नीतिगत र कानुनी सुधार, आन्तरिक रोजगारी प्रवद्र्धन, वैदेशिक रोजगार व्यवस्थापन तथा सुशासन प्रवद्र्धन र श्रम कूटनीतिका क्षेत्रमा फड्को मारेको दाबी गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न अमेरिकी लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय क्षेत्र स्थिर, मुद्रास्फीति सन्तुलित एवं विदेशी मुद्रा सञ्चिति राम्रो रहेको बताउनुभएको छ ।
डेडिकेटेड र ट्रङ्क लाइन महसुल नबुझाएको भन्दै नेपाल विद्यत् प्राधिकरणले ३४ उद्योगको विद्युत् आपूर्ति बन्द गरी दिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चामल, तेल तथा दाललगायतका वस्तु उपभोक्तालाई सहज र सुलभ रूपमा उपलब्ध गराएर इमानदारीपूर्वक व्यवसाय गर्न सम्बद्ध व्यवसायीलाई आग्रह गर्नुभएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि अनुदान दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याउन जरुरी रहेको बताउनुभएको छ ।
सत्ता साझेदार दलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सुशासन र विकासको दिशामा अघि बढाउन महत्वपूर्ण कदम अघि बढाएको निष्कर्ष निकालेको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पुर्जा र भिसा स्टिकर छपाइ गर्ने भएको छ ।
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न तीन वटाभन्दा बढी अन्तर्राष्ट्रिय हवाई कम्पनीले तयारी गरिरहेका छन् ।
दाङको घोराही उपमहानगरपालिका १३ स्थित डुम्बरगाउँका किसान इन्द्रा बुढाको परिवार तिहारलाई लक्षित गरेर सयपत्री फूलको माला गाँस्दै । इन्द्राले विगत आठ वर्षदेखि व्यावसायिक रुपमा फूलखेती गर्दै आउनु भएको छ ।