गृह मन्त्रालयले १७ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृहले प्रजिअसहित सहसचिव र उपसचिव स्तरका कर्मचारीहरुको पनि सरुवा गरेको छ ।
मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले बालविवाह मुक्त राष्ट्र बनाउने मूल अभियानलाई सफल पार्न तीनै तहका सरकार एकबद्ध भएर अघि बढ्नु पर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति कांग्रेस सन्तुष्ट रहेको बताउनुभएको छ ।
‘तिहारको महोत्सव, फूलको उत्सव’ नाराका साथ पाँचदिने तिहार फ्लोरा एक्स्पो–२०८१ भृकुटीमण्डपमा सुरु भएको छ । नर्सरी व्यवसायी सङ्घ, नेपालको आयोजनामा सुरु भएको मेलामा ६५ वटा व्यावसायिक कक्ष राखिएको छ ।
नवलपुरको कावासोतीमा निर्माण हुने भनिएको नमुना सदरमुकामस्थलमा रहेका रुखहरु काट्ने बाटो सहज भएको छ । शहरी विकास मन्त्रालयले वन मन्त्रालयलाई रुख हटाउन प्रक्रियागत रुपमा पत्र पठाएसँगै वन मन्त्रालयलाई निर्णय गर्न सहज भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चाडपर्वको बेला अन्य सामानभन्दा भारतबाट हुने कपडाको चोरी पैठारी बढेको जनाएको छ ।
मन्त्रिपरिषद् बैठकले १२ निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यही कात्तिक ८ गते बसेको मन्त्रिपरिषद् बैकले १२ वटा निर्णय गरेको जानकारी दिनुभयो ।
बुटवलबाट अर्घा जाने जिप झिमरुक-६ अर्गेलीमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् भने १ जनाकाे अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यलय प्युठानले जनाएकाे छ ।
कवि र चित्रकारबीच के भिन्नता छ ? भन्ने प्रश्नमा चित्रकार रमेश खनालले क्यानभासमा रङ पोत्दै भन्नुभयो, “उस्तै हुन्, चित्रकारले रङमार्फत भावना पोख्छन् भने कविले शब्दमार्फत ।”
त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बगरबजारमा पार्किङ गरी राखेका दुई वटा मोटरसाइकलमा गए राति अज्ञात समुहद्वारा आगजनी गरेको छ ।
२४ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०८१ माघको तेस्रो सातादेखि हुने भएको छ । मोफसलको चर्चित क्लब सहारा क्लब पोखराले आगामी माघ २२ देखि फागुन ३ सम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता सञ्चालन गर्ने जनाएको हो।
सशस्त्र द्वन्द्धका बेला बन्द गरिएको बाँकेका छोटी भन्सार कार्यालयहरु अझै पुनस्थापना नहुँदा जिल्लाका विभिन्न नाकाहरुबाट अवैध आयात निर्यात बढेकोले दैनिक ठुलो परिमाणमा राजस्व चुहावट भैरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाढी, पहिरोमा परी निधन भएका मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका बाल फुटबल खेलाडीका पीडित परिवारले घटनाको उच्चस्तरीय आयोगबाट छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र रहेको नेपाल औषधि लिमिटेडले जनाएको छ । लिमिटेडका प्रबन्ध निर्देशक कैलाशकुमार पनेरुले सिटामोलको कुनै अभाव नरहेको र यसको नियमित उत्पादन पनि भइरहेको बताउनुभयो ।
यस हप्ता फिलिपिन्समा आएको उष्णकटिबन्धीय आँधी ‘ट्रामी’बाट मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ भने कम्तिमा २० जना अझै बेपत्ता रहेको अधिकारीहरूले शुक्रबार बताएका छन् ।