कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाको वडा नम्वर १ मान्म र नरहरिनाथ गाउँपालिकाको कोडवाडा जोड्ने केबुलकार निर्माणको लागत प्रतिवेदन सार्वजनिक भएको छ । कालीकोट जिल्लाका स्थानीय तहका प्रमुखहरूको उपस्थितिमा मान्म–कोडवाडा केबुलकार सम्भाव्यता अध्ययन सम्बन्धी प्रतिवेदन माथि छलफल गदै लागत अनुमान सार्वजनिक गरिएको हो ।
गुल्मीको रेसुङ्गा विमानस्थलमा हप्ताको तीन पटक उडान हुने भएको छ । हाल हप्तामा दुई पटक मात्रै उडान हुँदै आएकोमा अगामी सोमबार ९चैत ५ गते० देखि हप्तामा तीन पटक उडान हुने भएको हो ।
सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित खिसाकामा घर, गोठ र पशुचौपाया जलेर नष्ट हुँदा रु २० लाख बढीको क्षति भएको छ । बतासेस्थित डुगुरडुम सामुदायिक वनमा लागेको डढेलोले बुधबार अपराह्न गाउँ पस्दा जीवन राई,सुवास राई तथा ताराकुमार राईको घर नष्ट भएको थियो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
दक्षिणी क्षेत्रको कर्णाली नदी किनारमा बसोबास गर्दै आएका व्यवसायीले माछाबाट राम्रो आम्दानी गर्न थालेका छन् । नदीमा जाल हालेर दैनिक माछा मार्ने र त्यो बिक्री गरेर राम्रो आम्दानी गर्न थालेका छन् । सर्केगाड गाउँपालिका केन्द्र सर्केगाडका होटल व्यवसायी जानबहादुर छन्त्यालले दैनिक नदीमा जाल हालेर पाँच केजीसम्म माछा पार्ने गरेको बताउनुभयो । हाल सर्केगाडमा माछाको मूल्य प्रतिकेजी आठ सय रुपियाँ पर्ने गर्छ । उहाँले दैनिक चार हजारसम्म जालमा परेका माछा बिक्री गरेर कमाइरहेको बताउनुभयो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
भूमिहीन तथा सीमान्तकृत महिला किसानको आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले केयर नेपालले नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेडको सहयोगमा किसान कार्ड वितरण सुरु गरेको छ । पहिलो चरणमा उदयपुर, सप्तरी र सिराहा जिल्लाका छ हजार भूमिहीन, सीमान्तकृत तथा महिला किसानलाई सो कार्ड वितरण गर्ने भनी दुई पक्षमा बुधबार सम्झौता भएको छ । केयर नेपाल र नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कबिच हस्ताक्षर भएपछि विभिन्न जिल्लाका छ जना महिला कृषकलाई सो कार्ड वितरण गरी शुभारम्भ गरिएको केयर नेपालका निर्देशक मोना शेर्पाले बताउनुभयो ।
केबिएस लुभु प्रोडक्सन हाउसले तीन म्युजिक भिडियो ‘जुल रे जुल’ ‘पुलुक स्वैम्ह’, ‘मिखा मिखाया खँलाबला’ सार्वजनिक गरेको छ । कीर्तिपुर सिने प्लेक्समा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, वरिष्ठ साहित्यकार चलचित्र निर्देशन तथा लेखक प्रकाश सायमि, वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरेले संयुक्त रूपमा ती म्युजिक भिडियोको लोकार्पण गर्नुभयो । यसै गरी सो कार्यक्रममा लोकार्पण भइसकेको नेपाल भाषाका अन्य म्युजिक भिडियो ‘मन जिगु जुल चञ्चल’, ‘न्हिले न्हिलेथें’, ‘मुसुं न्हिला’ र सरिता महर्जनको जन्मदिनको उपहार स्वरूप उहाँको ‘भेट भयो झम्के साँझमा’ पनि प्रदर्शन गरिएको थियो
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी वर्षको नगरपालिकाको बजेटमा नेपाली चलचित्र क्षेत्रलाई समेट्ने बताउनुभएको छ । धरानमा बुधबार आयोजित ‘महाजात्रासँग स्थानीय सरकार ः चलचित्र संवाद’ कार्यक्रममा बोल्दै मेयर साम्पाङले नेपाली चलचित्रसँगै कला, संस्कृतिसँग आफू नजिक रहेको बताउनुभयो । “नेपाली चलचित्रलाई सम्बोधन गर्ने गरी म बजेटमा समेट्छु, धरानले चलचित्रलाई हे¥यो र सोच्यो भन्ने आभाष पक्कै हुने छ । म चलचित्र, कला र साहित्यसँग जोडिएको र गम्भीर रूपमा सोच्ने व्यक्ति हुँ,” मेयर साम्पाङले भन्नुभयो, “धरानमा चलचित्र छायाङ्कनका लागि सहज हुने गरी चाँडै सुटिङ स्थल समावेश गरेर सानो डायरी सार्वजनिक गर्ने छु ।”
ललितकलाका सबै विधाका अन्तर्राष्ट्रिय कलाकारको सहभागिता रहने ‘कलाशाला’ को तयारी पूरा भएको छ । आकार आर्ट सेन्टरका अध्यक्ष अनिता भट्टराईले बुधबार इन आर्ट वल्र्डद्वारा काठमाडौँमा चैत २ देखि आयोजना गरिने साताव्यापी कलाशालाका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँले आकार आर्ट सेन्टर र नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको संयोजनमा नेपालमा पहिलो पटक आयोजना हुने कलाशालामा ललितकलाका सबै विधाका १५० कलाकारको सहभागिता रहने जानकारी दिनुभयो । उहाँका अनुसार भारत, संयुक्त अरब इमिरेट्स (युएई), बङ्गलादेश, इरान र ताइवानका मात्र ६८ जना कलाकार नेपाल आउने छन् ।
कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णालीलाई अर्गानिक प्रदेश बनाउने कार्यक्रमलाई निरन्तरता दिएको छ । यसका लागि प्रदेश सरकारले ‘कर्णालीले जे बिक्री गर्छ, मूल्यवान चिज बिक्री गर्छ’ भन्ने नारालाई अंगिकार गरेको छ । यहाँ उत्पादित सबै खालका अन्नबाली र लत्ताकपडा अर्गानिकउपज हुन् भन्ने कुरा ‘लोगो’बाट पहिचान दिइएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले जानकारी दिनुभयो ।
पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पछिल्लो एक महिनामा पाथीभरा मन्दिरबाट सङ्कलन भएको रु ५५ लाख भेटी सङ्कलन गरेको छ । फागुन महिनामा पाथीभराबाट सङ्कलन भएको रु ५५ लाख ७० हजार ८८० विभिन्न बैंकमा जम्मा गरेको क्षेत्र विकास समितिले जनाएको छ ।
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य उपनिर्वाचनमा भाग लिन २० राजनीतिक दलले दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने दललाई फागुन २४ देखि ३० गतेसम्मको समयसीमा तोकेको थियो । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार १९ दलले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य गरी दुवैमा प्रतिस्पर्धा गर्ने गरी दल दर्ता गर्न निवेदन दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले भने प्रतिनिधि सभामा मात्र भाग लिने गरी दल दर्ताको निवेदन दिएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स र मङ्गोलियाका राजदूतलाई नेपालमा आफ्ना मुलुकका लगानीकर्तालाई ल्याउन आग्रह गर्नुभएको छ । ढकालले बुधबार युएईका राजदूत अब्दुल्ला अल सम्सी र नेपालका लागि मान्यता प्राप्त भारतका लागि मङ्गोलियाका राजदूत गानबोल्ड डम्बाजाभसँग भेटवार्तामा यस्तो आग्रह गर्नुभएको हो ।
चितवनमा उत्पादन भएको मह बिक्री नहुँदा मौरीपालक किसान चिन्तामा छन् । मह बिक्री नहुँदा मौरीपालन गर्ने किसान विस्थापित हुने अवस्थामा पुगेका छन् ।