• १२ कात्तिक २०८१, सोमबार

हृदयाघातबाट पत्रकारको निधन

blog

पत्रकार स्वर्गीय प्रेम क्षेत्री ।

बोमलाल गिरी

नवलपुर, कात्तिक ११ गते । नवलपुरका पत्रकार प्रेम क्षेत्रीको निधन भएको छ । चितवनको माडी नगरपालिका–१ चैनपुर स्थायी घर भई नवलपुरमा पत्रकारिता गर्दैआएका क्षेत्रीको ४० वर्षको उमेरमा गए राति निधन भएको हो । 

नवलपुरको गैँडाकोटमा रहेको सामुदायिक रेडियो विजय एफएमका सहस्टेसन म्यानेजर एवं विजय खबर पत्रिकाका समाचार सम्पादक क्षेत्रीको हृदयाघातका कारण निधन भएको प्रहरीले जनाएको छ ।

शनिवार राति छाती दुखेपछि क्षेत्रीलाई परिवारका सदस्यले तत्काल अस्पताल लगेका थिए । बाटोमै उहाँको मृत्यु भएको परिवारका सदस्यहरूको भनाइ छ । दिवङ्गत क्षेत्रीको देवघाटमा आज बिहान अन्त्येष्टि गरिएको छ ।