गोरखाको शहिद लखन गाउँपालिका – ७ बुङकोटले गाउँपालिकाबाट स्वीकृत चालु आर्थिक वर्षको योजनाा तथा कार्यक्रम अनुसार सञ्चालित योजनाहरुको अर्धवार्षिक समिक्षा गर्दै उपभोक्ता समितिलाई सम्मान गरेको वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो ।
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन भएसँगै विकासको काम पनि भएको बताउनुभएको छ ।
महिनावारी एक प्राकृतिक प्रक्रिया हो, जसले सृष्टि र जीवनलाई चलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
बाँके जिल्लामा निरन्तर चलिरहेको ट्राफिक सचेतना अभियानका कारण सवारी दुर्घटना र क्षति दुबैमा कमी आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षमा सवारी दुर्घटनामा कमी आउनुका साथै त्यसबाट हुने क्षति पनि घटेको देखिएको हो ।
नेपाली दूतावास फ्रान्सको टोलीले हिजो बिहीबारदेखि पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुरु गरेको छ । फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईको नेतृत्वमा पोर्चुगल आइपुगेको उक्त टोलीले राजधानी लिस्बनबाट ई–पासपोर्ट वितरण सुरु गरेको हो । टोलीले लिस्बनस्थित ओलाइसमा घुम्ती शिविर सञ्चालन गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका राजदूत नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।
जिल्लामा यसवर्ष नौ सय ३७ दशमलव ६७ मेट्रिक टन कोदो उत्पादन भएको छ ।
जिल्लाका मार्ट पसलमा चोरीका घटना बढेको छ । पछिल्लो दुई हप्तामा तीनवटा मार्टमा पाँच पटक चोरी भएको प्रहरीले जनाएको छ । सदरमुकाम कावासोतीमा रहेको फेमिली पोइन्ट मार्टमा नै तीन पटक चोरी भएको छ ।
दक्षिणी भारतको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ । आगलागीमा दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।
पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले बिहीबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग युद्धविराम भएको अवस्थामा युक्रेनमा विदेशी सैनिकहरू राख्ने सम्भावनाबारे छलफल गरेको तर वार्साले हाल त्यस्ता कुनै कार्यको योजना नबनाएको बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सार्वजनिक प्रतिबद्धता जनाएअनुसार मेडिकल कलेज तथा स्वास्थ्य संस्थाका नर्सिङ तथा स्वास्थ्य जनशक्तिको पारिश्रमिक कम्तिमा नेपाल सरकारसरह लागू गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालको चिकित्सा शिक्षालाई विदेशमा आपसी मान्यता प्रदान गर्न पहल थालेको छ ।
गण्डकी प्रदेश सभामा समानुपातिक तर्फबाट सदस्यमा मनोनीत हुनुभएकी स्याङ्जाकी सुनीता थापाको शपथ शुक्रबार हुँदैछ । प्रदेशसभा सदस्य विमला गौचनको निधन भएपछि रिक्त पदमा बन्दसूचीमा रहेका नामबाट नेपाली कांग्रेसले सिफारिस गरेपछि निर्वाचन आयोगले थापा निर्वाचित भएको पत्र प्रदान गरिसकेको छ ।
जनता समाजवादी पार्टी, (जसपा) नेपालका तीन वटा नगरसमिति पुनर्गठन गरिएका छन् । ललितपुर महानगरपालिका, महोत्तरीको बर्दिबास नगरपालिका र नुवाकोटको बेलकोटगढी नगरपालिकाका नगरसमिति पुनर्गठन गरिएको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो ।
पोखराको हिमालय आँखा अस्पतालमा ‘आँखा बा’ उपनामले परिचित प्रा.डा. रामप्रसाद पोखरेलको प्रतिमा अनावरण गरिएको छ ।