नेपालगञ्जकी वरिष्ठ ब्युटिसियन गीता भण्डारीलाई ‘वरिष्ठ सौन्दर्यविद्’ सम्मान प्रदान गरिएको छ। अनुराधा फिल्म्स इन्टरनेसनल प्रालिको आयोजनामा काठमाडौँमा सम्पन्न दोस्रो ओ टु हिमालय नेपाल ब्युटिसियन एन्ड फेसन अवार्ड–२०७९ को अवसरमा ब्युटिसियन भण्डारीलाई वरिष्ठ सौन्दर्यविद् सम्मानबाट सम्मानित गरिएको हो।
चीनमा अवस्थित जापानी राजदूतावासले जापान जानका लागि चिनियाँ नागरिकलाई प्रवेशाज्ञा सेवा पुनः सञ्चालनमा ल्याएको जनाएको छ ।
जिल्लामा विकासका कार्ययोजना बनाउने र कार्यान्वयन गर्ने निकायका रूपमा जिल्ला विकास समिति (जिविस) थियो। मुलुक सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीमा गएपछि जिविस जिल्ला समन्वय समितिका रूपमा रूपान्तरित भयो। यतिबेला यो संस्था काम न काजको बनेको छ। जिल्ला समन्वय समितिमा अचेल न विकास माग्नेको भीड छ। न त अन्य सेवा लिनेको लाम नै छ। सीमित कर्मचारीसमेत काम नभएपछि घाम तापेरै दिन कटाइरहेका छन्।
लुम्बिनी प्रदेशमा विषयगत समितिअन्तर्गत नेतृत्व टुङ्ग्याएर मात्र सरकार विस्तार हुने भएको छ। मुख्यमन्त्री लीला गिरीले विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन। सत्ता साझेदार दल धेरै र मन्त्रालयको सङ्ख्या घटाएका कारण मन्त्रालय बाँडफाँटमा कुरा नमिल्दा सरकार विस्तारमा ढिलाइ भएको सत्ता साझेदार दलहरूले बताएका छन्। प्रदेशमा रहेको विषयगत समितिको नेतृत्व मिलाउँदा मन्त्रालय बाँडफाँटमा सहज हुने नेपाल कम्युनिस्ट पार्टी एमालेको बुझाइ छ।
वनजङ्गलमा आगलागी भएको अवस्थामा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा जुम्लामा सशस्त्र प्रहरीले सचेतनामूलक अभ्यास प्रदर्शन गरेको छ। सशस्त्र प्रहरीबल ३३ नं. गणले आफ्नो २२औँ स्थापना दिवसको पूर्वसन्ध्यामा चन्दननाथ नगरपालिका–१०, गैरागाउँमा सो अभ्यास गरेको थियो। घरमा आगो लागे आगो नियन्त्रण कसरी गर्ने ? घरमा भएका मानिसलाई कसरी उद्धार गर्ने ? भन्ने विषयमा सर्वसाधारणलाई सचेतना गराएको जनाइएको छ।
सुर्खेतको चौकुने गाउँपालिकाले उद्यम विकासमा जोड दिएको छ। विकासको मूल प्रवाहीकरणका लागि पालिकाले औद्योगिक क्षेत्रको सम्भाव्यता अध्ययन तथा घरेलु उद्योग प्रोत्साहनको नीति लिएको छ। जसका लागि पालिकाले घरेलु उद्योगसँगको सहकार्यमा उद्यमीलाई तालिम र आवश्यक उपकरण उपलब्ध गराउने योजना अघि सारेको छ।
कैलालीको घोडाघोडी चरा अभय आरण्य क्षेत्र (बर्ड सेन्चुरी)मा तीन प्रजातिका चरा थपिएका छन्। थपिएका चरा प्रजातिमा हरियो लामपुच्छ«े, ठूलो वन परेवा र सुन्दर निलटभा रहेका छन्। हरियो लामपुच्छ«े मध्यपहाडी क्षेत्रमा पाइन्छ। जाडोयाममा यो चरा कैलालीसम्म पुग्ने गर्छ।
देशको कुल व्यवसायको झन्डै ९० प्रतिशत हिस्सा साना तथा मझौला उद्योगले ओगटे पनि सरकारले यस क्षेत्रका समस्या समाधान गर्न नसकेको गुनासो व्यवसायीले गर्दै आएका छन। साना तथा मझौला व्यवसायी महासङ्घको आइतबार भएको छलफलमा सहभागी व्यवसायीले यस्तो गुनासो गरेका हुन्।
फिदिम नगरपालिका–५ की भीममाया तुम्बापो साताको प्रत्येक शनिबार सदरमुकामको शिवालय मन्दिरछेउमा लाग्ने शनिबारे हटिया आइपुग्नुहुन्छ। बिहान झिसमिसे उज्यालो नहुँदै सुँगुरका पाठा, कुखुरा र अन्डा ल्याएर बेचेपछि आवश्यकताअनुसार नुन, तेल र बेसार किनेर घर फर्किनुहुन्छ। “गाँउमा धेरै बिक्दैन, हाटबजार ल्यायो भने सजिलै सबै बिक्छ, त्यसैले हप्तैपिच्छे यहीँ आउँछु,” तुम्बापोले भन्नुभयो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच अहिले विहान बालुवाटारमा छलफल भइरहेको छ । सोमबार विहान सभामुख घिमिरे प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
बजेट कार्यान्वयनमा विगतदेखि नै कमजोर रहेको कर्णाली प्रदेश सरकारले अझै पनि यो अवस्था सुधार गर्न सकेको देखिएको छैन। कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्ष (२०७९/८०)को पहिलो छ महिनामा ९.०८ प्रतिशत मात्र विकास बजेट खर्च गरेको पाइएको छ। चालू आर्थिक वर्षको पुस मसान्तसम्म समग्रमा १३ दशमलव ०४ प्रतिशत बजेट खर्च गरेको प्रदेशले चालूतर्फ भने १८ दशमलव ९० प्रतिशत बजेट खर्च गरेको छ।
कृषि ज्ञान केन्द्र कैलालीले किसानलाई पावर ट्रिलर हस्तान्तरण गरेको छ। ५० प्रतिशत अनुदानमा धनगढी उपमहानगरपालिका–७, देवहरियाका किसानलाई पावर ट्रिलर प्रदान गरिएको हो। देवहरियास्थित दाइजो कृषि सहकारी संस्थामार्फत किसानलाई पावर ट्रिलर उपलब्ध गराइएको सहकारीका अध्यक्ष मानबहादुर रानाले जानकारी दिनुभयो। निवर्तमान भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनीता चौधरीले शनिबार एक कार्यक्रमका बीच किसानलाई पावर ट्रिलर हस्तान्तरण गर्नुभयो। सो कृषि उपकरण खरिदमा आधा लगानी किसानको र आधा लगानी कृषि ज्ञान केन्द्रको छ। आठ जना किसानलाई पावर ट्रिलर हस्तान्तरण गरेको जनाइएको छ।
शान्ति प्रक्रियापछि रामभुतको परिवारलाई राज्यले १० लाख रुपियाँ क्षतिपूर्ति दिए पनि उहाँको घरको दशा भने उस्तै छ । चुहिने जीर्ण घरमा तीन जना श्रीमतीले दिन बिताई रहनु भएको छ । तीन श्रीमती र ६ छोरा ५ छोरी गरी १४ जनाको परिवार हिजोआज साहुको ऋणले चुर्लुम्म डुबेको छ ।