नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले साना उद्योगहरुको पहुँच विस्तार गर्न आवश्यक रहेको बताउनुभएको छ । सोमबार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष गोल्छाले यस्तो बताउनुभएको हो ।
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ नियुक्त हुनुभएको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषदको बैठकले डा. श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।
नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचन समयमै हुनेगरी आवश्यक कानुनी व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअप कार्यविधि र परियोजना कर्जासम्बन्धी व्यवस्था छिट्टै कार्यान्वयनमा आउने बताउनुभएको छ ।
पसभामुख इन्दिरा राना मगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अलग हुनुभएको छ । सत्तारुढ दलको समर्थनमा शनिबार उपसभामुख पदमा निर्वाचित हुनुभएपछि मगर पार्टीबाट अलग हुनुभएको हो ।
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको आर्सनलले बलियो टोली म्यानचेस्टर युनाइटेडमाथि रोमाञ्चक जित निकालेको छ ।
नेपाल स्रष्टा समाजले यस वर्षका लागि सुभद्रा विश्वराज स्रष्टा र रमेशगङ्गा स्रष्टाले दुई जनालाई सम्मन गर्ने घोषणा गरेको छ । समाजले वरिष्ठ कवि हरि फुयाँललाई सुभद्रा विश्वराज स्रष्टा र वरिष्ठ हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेललाई रमेशगङ्गा स्रष्टा प्रदान गर्ने घोषणा गरेको हो ।
स्पेनिस ला लिगा फुटबलमा शीर्षटोली बार्सिलोना र रियल म्याड्रिडले जित निकालेका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी यू–१९ विश्वकप छनोटका लागि १४ सदस्य टोलीको घोषणा गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका मन्त्रालयको सङ्ख्या घटाउन र खर्चभार कटौती गर्न प्रस्ताव गरेको बताउनुभएको छ ।
कैलालीको जानकी गाउँपालिका वडा नम्बर १ बेलासपुरमा ४० करोडको लागतमा टीकापुर प्लास्टिक उद्योग खुलेको छ । स्थानीय युवाहरू नवराज भट्टराई र मुकेश बमले संयुक्त लगानीमा खुलेको उद्योगले प्लास्टिकको डोरी उत्पादन गरेर बजारमा पठाएको छ ।
साहित्यमा आचारसंहिताबारे सार्वजनिक बहस चलाउन सकिन्छ । यस्तो बहस उठाउँदा धेरैलाई लाग्छ, साहित्यलाई समाज, समुदाय र परिवारमैत्री बनाउनु व्यक्तिगत लेखकीय नैतिक जिम्मेवारी हो, औपचारिक संहिता आवश्यक छैन । कुरो ठिकै पनि लाग्छ । साहित्यलाई केहीले अराजक विधा भनेका छन्; जस्तो, साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाले भन्नुभयो– “म राजनीतिमा समाजवादी र साहित्यमा अराजकतावादी हुँ ।” यदि यसो हो भने अराजक विधालाई किन चाहियो संहिता ? तर कोइराला कहिल्यै अराजकतावादी हुनुभएन । वैकल्प्यवादी मात्र हुनुभयो । उहाँका विचार स्थापित मान्यताभन्दा पृथक् मात्र होइनन् विपरीत पनि पाइन्छन् । स्थापनाविरुद्ध उहाँले विकल्प देख्नुभयो । लेख्नुभयो तर प्रस्तुति शिष्ट छ उहाँको । उहाँ विचारमा स्वतन्त्र र शैलीमा श्लील हुनुहुन्छ ।
८४ वर्षे उमेर टेकिसक्दा पनि अझै कविता लेखिरहेको छु भनेँ भने त नयाँ पुस्ताले गाली गर्छन् । कति लेख्नु ? जति लेख्नु थियो लेखियो । अब त कनिकुथी लेख्ने हो, यसले पनि अझै लेखिरहेको छ भन्नका लागि मात्र । जेजसो भए पनि अलि भिन्न हुन नयाँ नयाँ विम्बहरूको प्रयोग गरेर कविता लेखिरहेको छु । काठमाडौँको चुनदेवी महाराजगञ्जमा आफ्नै घरको कोठामा बसेर कविताका बारेमा, लेखनका बारेमा उहाँका कुरा सुनिरहेको छु । यत्रतत्र औषधिका सिसी, बट्टा, पिसाबको समस्याले शरीरमै जोडिएको पाइप देख्दा लाग्थ्यो कुनै अस्पतालको कोठामा पुगेको छु । कवितासँगै जोडिएको उहाँको जीवन बाँच्ने शैली र समयले ल्याएको परिवर्तन, रोगले दिनप्रति दिन गल्दै गएको ज्यान अनि सेलाउँदै गएको जाँगरका बारेमा पुस महिनाको चिसोमा संवाद गरेर फर्केको धेरै भएको छैन ।
धेरै बेरदेखि एउटा विद्यार्थी एकोहोरिएर चित्र कोरिरहेको थियो । बडो मग्न भएर चित्र कोरिरहेको देख्दा विशेष प्रकारको हो कि जस्तो भान हुन्छ । चित्र बनाउन सिध्याएर एक एक गर्दै सबैजसो विद्यार्थी उठेर गइसके तर त्यो विद्यार्थी भने अझै चित्र कोर्नमा दत्तचित्त देखिन्थ्यो । चित्र कोर्ने समय सकिए पनि त्यो विद्यार्थी उठेर नआएपछि शिक्षक आफैँ उसको नजिक गयो । त्यत्रो समय लगाएर कस्तो चित्र बनाएछ भनेर कापीमा गहिरिएर हेर्न थाल्यो । चित्र देखेर शिक्षक छक्क प¥यो । चित्रमा खासै त्यस्तो कुनै आकारप्रकार थिएन । केरमेर केरमेरको गुजुल्टो र यत्रतत्र रङको टाटो मात्र थियो । सबैलाई देशको सुन्दर चित्र लेख्न लगाएर
नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) को आठौं अधिवेशन तथा १६औँ साधारण सभा टेक्ससको ह्युस्टन सहरमा हुने भएको छ । सल्लाहकारसहित नेजा कार्यसमितिको जनवरी १६, २०२३ मा बसेको बैठकले सङ्घको साधारण सभा यही २०२३ मे महिनाको २० र २१ गते ह्युस्टनमा गर्ने निर्णय गरेको हो ।