• १२ वैशाख २०८१, बुधबार

नेजाको अधिवेशन ह्युस्टनमा हुने

blog

अमेरिका, माघ ९ गते । नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) को आठौं अधिवेशन तथा १६औँ साधारण सभा टेक्ससको ह्युस्टन सहरमा हुने भएको छ । सल्लाहकारसहित नेजा कार्यसमितिको जनवरी १६, २०२३ मा बसेको बैठकले सङ्घको साधारण सभा यही २०२३ मे महिनाको २० र २१ गते ह्युस्टनमा गर्ने निर्णय गरेको हो । 

सङ्घका अध्यक्ष विकासराज न्यौपानेको अध्यक्षतामा बैठक बसेको थियो । सङ्घको १५औँ साधारण सभा क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा भएको थियो । यसअघि सङ्घको चौथो अधिवेशन २०१४ मा ह्युस्टनमा सम्पन्न भएको थियो ।