विश्व बैङ्कले नेपाललाई हरित, उत्थानशील र समावेशी विकास कार्यान्वयन गर्न जारी प्रयासहरूलाई सुदृढ पार्न १० करोड अमेरिकी डलर (करिब १३ अर्ब ६० करोड ८० लाख रुपियाँ) को सहायता अनुमोदन गरेको छ ।
नेकपा (माओवादी केन्द्र) ले अन्य पार्टीबाट प्रवेश गर्ने नेता कार्यकर्तालाई जिम्मेवारीमा विशेष प्राथमिकता दिने भएको छ ।
शुक्लाफाँटा नगरपालिका चुरे फेदीको बस्तीमा विपत्जन्य गतिविधि बढ्दै जान थालेकामा बेलडाँडीका चन्द्रबहादुर चौधरी निकै चिन्तित छन् ।
निजामती सेवाबाट अलग गरी स्वायत्त रूपमा संसद् सेवा गठनको स्मरणमा सङ्घीय संसद् सचिवालयले संसद् सेवा दिवस मनाएको छ ।
नेपालका प्रमुख सहरको वायुको गुणस्तर अस्वस्थकर बन्दै गएकाले गुणस्तर सुधारका लागि सामूहिक पहलको खाँचो रहेको विज्ञहरूले औँल्याउनुभएको छ ।
कोशीटप्पु वन्यजन्तु आरक्षमा फेलापरेको छावालाई आरक्षकै हात्तीसारमा रहेको शोभाकली (माउ हात्ती) ले आफ्नै सन्तान जसरी माया दर्साउन थालेको छन् ।
नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको अध्यक्षमा गोपालप्रसाद रेग्मी निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनबाट रेग्मीले २३ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो ।
गुल्मीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा ४ दजाकोटस्थित भित्री कच्ची सडक खण्डमा बुटवलदेखि देउरालीतर्फ आउँदै गरेको सुदुरपश्चिम प्रदेश १००१ ज १३८५ नम्बरको फोर्स गाडी ओरालो झर्दा मोडमा अनियन्त्रत भई दुर्घटना भएको हो ।
नेपाल पत्रकार महासंघ बर्दिया शाखाको शुक्रवार सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा निर्मल घिमिरे १७ मत अन्तरले निर्वाचित हुनुभएको छ । सो निर्वाचनमा ३६ मत प्राप्त गरी घिमिरे विजयी हुनुभएको निर्वाचन अधिकृत कमल पन्थीले जानकारी दिनुभयो ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अनुमति दिएर दर्ता भएका कम्पनीहरुमार्फत मात्रै घरजग्गा खरिदविक्री गर्ने कानून छिटै कार्यान्वयनमा ल्याउने बताउनुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहितका पाँच युवाले संसद दिवसको सन्दर्भ पारेर छ हजार एक सय ४५ मिटर उचाइको लोबुचे हिमाल आरोहण गर्नुभएको छ ।
भारतीय अभिनेता अल्लु अर्जुनलाई शुक्रबार पक्राउ गरिएको छ । चलचित्रको विशेष प्रदर्शनका क्रममा उपस्थित भएका समय भएको भागदौडमा एक महिलाको मृत्यु भएको घटनालाई लिएर उहाँलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी र स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले नेपालका आदिवासी जनजातिको इतिहास र योगदानअनुसार आन्दोलनमा थप तीव्रता दिनुपर्ने बताउनु भएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गर्नुभएको छ।
‘नदीनाला कसका ?’ विषयक दश दिने तस्बिर प्रदर्शनी शुक्रबारदेखि सुरु भएको छ । काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्मा शुक्रबारदेखि फोटो सर्कलद्वारा विभिन्न अनुसन्धानकर्ता, फोटोग्राफर तथा कलाकारसँग सहकार्य गरेरे तस्बिर प्रदर्शनी आयोजना गरिएको हो ।