• १८ असार २०८१, मङ्गलबार

कुकुरसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

blog

विष्णुप्रसाद पोखरेल

दमक, असार १६ गते । झापाको कमल गाउँपालिकामा कुकुरसँग ठोक्किएर भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार केर्खाबाट दमक आउँदै गरेको प्र.१–०१–०१४ प ८९१४ नम्बरको मोटरसाइकलले शुक्रवार बेलुका कमल गाउँपालिका वडा नं. ५ सावित्र चोकमा बाटो काट्दै गर्दै गरेको कुकुरलाई ठक्कर दिएर दुर्घटना हुँदा दुजना घाइते बन्नुभएको थियो ।

घाइतेमध्ये मोटरसाइकल पछाडि सवार रहनुभएका शिवसताक्षी २ का ४० वर्षीय नवीन आचार्यको शनिवार साढे ४ बजे उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभएको छ । आचार्यको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको थियो । 

अर्का घाइते सोही ठाउँका मोटरसाइकल चालक २६ वर्षीय पदमबहादुर पौडेलको दमकस्थित निम्स अस्पतालमा उपचार भइरहेको छ ।