म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९ मा पर्ने ऐतिहासिक तथा पर्यटकीयस्थल ढोलठानबाट लिएको धौलागिरि हिमालको दृश्य । हिउँदमा हिउँ नपर्दा सेता हिमाल कालो पहाड जस्ता देखिन थालेका छन् ।
नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा सन्तोष काफ्ले निर्वाचित हुनुभएको छ । सुनसरीको २ सय १४ मतमा कुल १ सय ८१ मत खसेकोमा काफ्लेले ९४ मत ल्याएर विजयी हुनुभएको हो ।
पर्यटकीय राजधानी पोखराको लेखनाथस्थित बेगनास तालमा पर्यटकको पर्खाइमा डुङ्गा व्यवसायीहरु ।
मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री शकिल मियाँले मधेश प्रदेशमा पर्यटकको सवारी साधनको आवतजावतमा कुनै अवरोध नरहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोबुचे हिमाल आरोहण गर्नुभएको छ । संसद दिवसको अवसर पारेर महामन्त्री शर्माले ६ हजार १४५ मिटर उचाईको लोबुचे हिमाल आरोहण गर्नुभएको हो ।
नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्ससामू जितका लागि एक सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कुनै पनि मानव अधिकार हनन् नभएको बताउनुभएको छ ।
उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नवलपुरको कावासोतीमा बनाउने भनिएको नमूना सदरमुकाम निर्माण प्रकृयालाई छिटो र सहज बनाउन पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन मिडियामा देखापरेको अराजकतालाई नियमन गर्न सरकारले सोसल मिडिया प्रयोग सञ्चालन र नियमन गर्ने विधेयक ल्याउने तयारी गरेको बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ सिरहा शाखाको सम्पन्न निर्वाचनबाट अध्यक्षमा दोस्रो कार्यकालका लागि मनोज कुमार बनैता यादव निर्वाचित हुनुभएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका वरिपरिका क्षेत्रमा बाघ र चितुवाको आक्रमण हुनेक्रम जारी छ । सोही क्रममा बर्दियाको ठाकुरबाबा नगरपालिकामा शनिवार विहान चितुवाको आक्रमणबाट ६ जना स्थानीय घाइते भएका छन् ।
पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) ले सात वर्षको निलम्बन पछि संयुक्त राज्य अमेरिकामा उडानहरू सुचारु गर्ने छ । यो देशको उड्डयन क्षेत्रका लागि महत्त्वपूर्ण विकास भएको एआरवाई न्यूजले जनाएको छ ।
निर्देशक वसन्त निरौलाले नयाँ चलचित्र निर्माणको घोषणा गर्नुभएको छ । भक्तपुरको शूर्य विनायक गणेशथान मन्दिरमा स्क्रिप्ट पूजा गर्दै चलचित्र ‘दशमी’ निर्माणको घोषणा गर्नुभएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र चलायमान बनाउन सबैले जिम्मेवारी वहन गर्न जरुरी रहेको बताउनुभएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकार र राष्ट्र बैंकले समन्वय गरेर निर्माण कम्पनीलाई भुक्तानिको व्यवस्था गर्न माग गर्नुभएको छ ।