नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोबुचे हिमाल आरोहण गर्नुभएको छ । संसद दिवसको अवसर पारेर महामन्त्री शर्माले ६ हजार १४५ मिटर उचाईको लोबुचे हिमाल आरोहण गर्नुभएको हो ।
नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्ससामू जितका लागि एक सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कुनै पनि मानव अधिकार हनन् नभएको बताउनुभएको छ ।
उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नवलपुरको कावासोतीमा बनाउने भनिएको नमूना सदरमुकाम निर्माण प्रकृयालाई छिटो र सहज बनाउन पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन मिडियामा देखापरेको अराजकतालाई नियमन गर्न सरकारले सोसल मिडिया प्रयोग सञ्चालन र नियमन गर्ने विधेयक ल्याउने तयारी गरेको बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ सिरहा शाखाको सम्पन्न निर्वाचनबाट अध्यक्षमा दोस्रो कार्यकालका लागि मनोज कुमार बनैता यादव निर्वाचित हुनुभएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका वरिपरिका क्षेत्रमा बाघ र चितुवाको आक्रमण हुनेक्रम जारी छ । सोही क्रममा बर्दियाको ठाकुरबाबा नगरपालिकामा शनिवार विहान चितुवाको आक्रमणबाट ६ जना स्थानीय घाइते भएका छन् ।
पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) ले सात वर्षको निलम्बन पछि संयुक्त राज्य अमेरिकामा उडानहरू सुचारु गर्ने छ । यो देशको उड्डयन क्षेत्रका लागि महत्त्वपूर्ण विकास भएको एआरवाई न्यूजले जनाएको छ ।
निर्देशक वसन्त निरौलाले नयाँ चलचित्र निर्माणको घोषणा गर्नुभएको छ । भक्तपुरको शूर्य विनायक गणेशथान मन्दिरमा स्क्रिप्ट पूजा गर्दै चलचित्र ‘दशमी’ निर्माणको घोषणा गर्नुभएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र चलायमान बनाउन सबैले जिम्मेवारी वहन गर्न जरुरी रहेको बताउनुभएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकार र राष्ट्र बैंकले समन्वय गरेर निर्माण कम्पनीलाई भुक्तानिको व्यवस्था गर्न माग गर्नुभएको छ ।
मुस्ताङका पाँच स्थानीय तहमा चालु आर्थिक वर्षदेखि आलुको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) सञ्चालन गरिएको छ । व्यावसायिक आलुखेती विस्तार, गुणस्तर सुधार, उत्पादन वृद्धि र बजारीकरणमा सघाउने उद्देश्यले जोन कार्यक्रम सञ्चालन गरिएको हो ।
थाइल्याण्डको ताक प्रान्तमा वार्षिक उत्सवको क्रममा बम विस्फोट हुँदा तीन जनाको मृत्यु हुनुका साथै अन्य ३९ जना घाइते भएका छन् ।
बाजुरामा एक नाबालिकाको घाँटी रेटी हत्या गरिएको छ । बुढीगङ्गा नगरपालिका वडा नं –२ नडाङ्ग बस्ने वर्ष ४८ का नन्दे सनाईले ८ वर्षीया विनिता सनाईको घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल)को शनिबार भएको पहिलो खेलमा काठमाडौं गुर्खाजले पोखरा एभेञ्जर्सलाई छ विकेटले पराजित गरेको छ ।