काठमाडौँ, मङ्सिर ३० गते । उँधौली पर्व, यमरीपुन्ही र ज्यापु दिवसले एकता र सद्भावनाको भावना फैलाउन सहयोग पुग्ने उपराष्ट्रपति राम सहाय प्रसाद यादवले बताउनुभएको छ । यो दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शुभकामना सन्देशमा नेपालमा किराँत समुदायले मनाउने महान् पर्व उँधौली र नेवार समुदायले मनाउने यमरीपुन्हींः (धान्यपूर्णिमा) एवं ज्यापु दिवस, २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
पोखरा महानगरमा करार कर्मचारीको म्याद थपबारे चर्किएको विवाद साम्य भएको छ ।
नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश अध्यक्षमा रमेश पौडेल निर्वाचित हुनुभएको छ ।
नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले मुलुकमा स्थायी सरकार र त्यसको संरचना बलियो बनाउन कांग्रेस र एमालेको गठबन्धन भएको बताउनुभएको छ ।
यहाँ जारी नेपाल प्रिमियर लिग ९एनपिएल० मा आज पनि दुई खेल हुँदैछन् ।
प्राकृतिक स्रोतसाधनको अति दोहनले सीमित मानिसले अकुत धन आर्जन गरे पनि पृथ्वीको मौलिक चरित्रलाई भने खियाइरहेका छन् ।
निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने क्षेत्राधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिने वा नदिने भन्ने विषयमा अहिले बहस सुरु भएको छ ।
नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको मूल्यअनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ ।
नेपाल अधिराज्य बहुउद्देश्यपूर्ण संस्कृतिका अनुयायीको निवास हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ देखि २० सम्म मित्रराष्ट्र चीनको चार दिने औपचारिक भ्रमण सम्पन्न गर्नुभयो ।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् ।
दिगो विकासका लागि एचआइभी/एड्स चिन्ताको विषय बनेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निरोधात्मक उपचारलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भएको छ । म्याग्देमा निर्माण गरिएको १० शय्याको अस्पताल भवनको शनिवार उद्घाटन गर्दै मन्त्री पौडेलले स्वास्थ्यको बारेमा सचेतनाको कमी हुँदा बिरामी बढिरहेकोले सरकारको ठुलो रकम खर्च गर्नु परेकोले निरोधात्मक अस्पताल बनाउन लागिएको बताउनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।