मोटरसाइकलले ठक्कर दिँदा भक्तपुरमा एकजना पैदलयात्रीको मृत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको नलिञ्चोक जोरपाटीमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा ४६ प ११२७ नम्बरको मोटरसाइकलले नलिञ्चोकमा आज बिहान पैदलयात्रीलाई ठक्कर दिएको हो ।
किराँत समुदाले आइतबार चासोक तङ्नाम (उँधौली पर्व) मनाउँदै छन् । प्रत्येक वर्ष मङ्सिर पूर्णिमाका दिन मनाइने यो पर्वमा नयाँ अन्न चढाएर न्वागी खाने चलन छ ।
गृहमन्त्री रमेश लेखकले अनुसन्धानलाई प्रभावित पार्ने गरी कसैले अभिव्यक्ति दिन नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले भरतपुरमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा गहमन्त्री लेखकले सहकारीको रकम अपचलन गरेको विषयमा प्रहरीले अनुसन्धान गरिराखेको व्यक्तिका विषयमा टिकाटिप्पणी गर्दा ध्यान दिनुपर्ने बताउनुभएको छ ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति तोकिएको छ । केही समय अन्योलमा रहेका प्रतियोगिता लक्षित कार्यक्रम पुनः चलायमान हुन थालेका छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको हो ।
इलामको सूर्योदय नगरपालिका ११ को पूर्णेडाँडामा लाग्दै आएको ऐतिहासिक झ्याम्टे मेला सुरु भएको छ । प्रत्येक वर्ष मङ्सिरे पूर्णिमा र वैशाखे पूर्णिमाका दिन लाग्दै आएको मेला आइतबारबाट सुरु भएको हो ।
एफआईएच विश्व युथ हक्की फाइभ क्याम्प तथा फेस्टिबलमा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली हक्की टोली आइतबार (आज) मलेसिया जाने भएको छ ।
प्रहरीले ११.८३ ग्राम लागूऔषध खैरो हेरोइनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगरबाट खटेको प्रहरी टोलीले भीमदत्त नगरपालिका–४ सब्जी मण्डी जाने रोडबाट उनीहरुलाई पक्राउ गरेको हो ।
अन्तर्राट्रिय बजारमा सुनको मूल्यमा गिरावट भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेकोे छ । आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।
प्ले अफ होडबाट बाहिरिसकेको विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) को आफ्नो अन्तिम खेलमा जितका लागि काठमाडौँ गुखार्जलाई एक सय १८ रनको सामान्य लक्ष्य दिएको छ ।
थाइल्यान्डको उत्तरी ताक प्रान्तमा एक वार्षिक उत्सवमा बम विस्फोट हुँदा तीन जनाको मृत्यु हुनुका साथै अन्य ४८ जना घाइते भएका छन् । बम विस्फोटमा संलग्न दुई संदिग्धलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
गाईवस्तुलाई खुवाउन मोरङको बेलबारी–११, लक्ष्मीमार्गस्थित जङ्गलबाट साइकलमा घाँस ल्याउदै महिला ।
सुदूरपश्चिम प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिले स्थानीय सेवाको गठन तथा सञ्चालन तथा सेवाका सर्त सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि राय सुझाव सङ्कलन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले धान्यपूर्णिमा, उँधौली, यमरीपुन्ही र ज्यापु दिवसका अवसरमा ती पर्व मनाउने सबैप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
शनिवार बिहान पूर्वपश्चिम राजमार्गस्थित झापाको कमल गाउँपालिकामा ५ मा सडक दुर्घटनामा घाइते ५ जना मध्ये एक जनाको मृत्यु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विभिन्न जातजाति, समुदायका मौलिक संस्कृति एवं परम्पराले एकापसमा सामाजिक सद्भाव अभिवृद्धि गरी राष्ट्रिय एकतालाई बलियो बनाउने बताउनुभएको छ ।