अफगानिस्तानको उत्तरी भेगमा एक कोइला खानी भत्किँदा ३२ खानी मजदुर फसेको एक प्रादेशिक अधिकारीले आइतबार बताएका छन्।
प्रधानसेनापति अशोकराज सिग्देल छिमेकी मुलुक भारतको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ।
केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंग्याउन मंसिर २६ गतेबाट सुरु भएको पार्टी स्थायी कमिटीको बैठकमा आजसम्म पार्टीको अगामी कार्ययोजनाबारे छलफल भएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो।
बर्दियाको गुलरियास्थित बर्दिया अस्पतालनजिक आइतबार स्कुटी दुर्घटना हुँदा बाबु र छोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मृत्यु हुनेमा गुलारिया –६ का रामकुमार साह र उहाँकी ६ बर्षिया छोरी बिद्या साहको मृत्यु भएको हो ।
पश्चिम नवलपरासीको सुस्तामा गत बिहीबार साँझ भएको गोलीकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले तीनजना पक्राउ गरी आज सार्वजनिक गरेको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शिक्षामा समयानुकूल परिमार्जन आवश्यक रहेको बताउनुभएको छ। कैलालीको टीकापुरस्थिति वीरेन्द्र विद्यामन्दिर सार्वजनिक शैक्षिक गुठीको स्वर्णस्तम्भ शिलान्यास कार्यक्रममा उहाँले बदलिँदो समयानुसा शैक्षिक रूपान्तरण जरूरी रहेको बताउनुभएको हो।
किरात समुदायले उधौली चाड हर्षोल्लासका साथ मनाएका छन् ।
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले परिश्रम गर्नेलाई कदर गर्न जान्नुपर्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको अध्यक्षमा टेनिस रोका (टेकबहादुर रोका) निर्वाचित हुनुभएको छ। उपत्यका प्रदेश निर्वाचन समितिले शुक्रबार सम्पन्न मतदानको अन्तिम परिणाम आइतबार दिउँसो सार्वजनिक गरेको हो।
जापानको सबैभन्दा प्रसिद्ध स्न्याक ब्रान्डमध्ये एकका प्रमुख (भारतीय मूलका जापानी)ले देशले आफ्नो मानसिकता परिवर्तन गर्नुपर्ने र अर्थतन्त्रलाई फस्टाउने वर्षहरूको महिमामा फर्काउन थप आप्रवासीहरूलाई स्वीकार गर्नुपर्ने बताउनुभएको छ ।
ताप्लेजुङको तेल्लोकमा सम्पन्न चौथो अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि ब्रदरहुड फुटबल क्लब उदयपुरले जितेको छ ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित किरातचोक नजिकको बागमती नदीकिनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको आइतबार मृत्यु भएको छ ।
सप्तरीको बोदेबर्साईन–सुभरनपट्टि सडकखण्ड अन्तर्गत बोदेबर्साईन नगरपालिका–१० खडकपुरस्थित बोदेबर्साईनमा स्कोर्पियाेले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
धरान उपमहानगरपालिकाको साकेला थानहरुमा आइतबार उँधौली साकेला नाचेर किरात समुदायहरुले उँधौली पर्व मनाएका छन् ।
सुदूरपश्चिम रोयल्स शीर्षस्थानमा रहँदै एक खेल अगाडि नै नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा पुगेको छ ।