मनका शाही प्रत्येक बिहान ८ बजे घरबाट धरानको माछाभौडी गल्ली आइपुग्नुहुन्छ । गल्लीमै बेलुकी ६ बजेसम्म सिद्रा बिक्री गर्नु उहाँको दैनिकी हो । सिद्रा बिक्री गर्दा राम्रै आम्दानी हुने उहाँ बताउनुहुन्छ ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले श्रमदानको माध्यमबाट तमोर नदीमा अस्थायी काठे मोटरेबल पुल निर्माण गरेको छ । स्थायी पक्की पुल निर्माणका लागि बजेट अभाव भएपछि पुल निर्माण गर्न श्रमदान गरिएको हो ।
मुस्ताङमा स्याउ भण्डारणका लागि चिस्यान गृह प्रभावकारी बनेको छ । चिस्यान गृह निर्माण भएपछि याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न लामो समय खुला ठाउँमा भण्डारण गरेर राख्दा स्याउ कुहिएर क्षति बेहोर्नुपर्ने समस्या हटेको छ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका कृषकले दूध बिक्री गरेर मासिक रु एक लाख ५० हजार बचत गर्दै आएका छन् ।
कालीकोट जिल्लाको महावै गाउँपालिका अन्तर्गत पान्तडीमा तिला नदीमाथि पुल बन्न ठेक्का लागेको चार वर्षसम्म पनि पुल निर्माणको सुरुवातसमेत हुन सकेको छैन ।
कर्णाली प्रदेशमा बलात्कारका घटना बर्सेनि बढ्दो रूपमा पाइएको छ ।
सुदूरपश्चिम प्रदेश सभाको विधायन समितिले स्थानीय सेवाको गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसँग रायसुझाव सङ्कलन गर्न सुरु गरेको छ ।
बस्तीका बिचमा चिटिक्क परेको, पर्खालले घेरिएका भवन छन् । गेटभित्र लहरै अशोकका बिरुवा देखिन्छन् । हरेक बिरुवासँगै व्यक्तिको नाम लेखिएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बाजुराले नुन लिन वडाको सिफारिस अनिवार्य गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले श्रमदानको माध्यमबाट तमोर नदीमा अस्थायी काठे मोटरेबल पुल निर्माण गरेको छ । स्थायी पक्की पुल निर्माणका लागि बजेट अभाव भएपछि पुल निर्माण गर्न श्रमदान गरिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकार अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ फर्काउन प्रयत्नशील रहेको बताउनुभएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ को विकट बस्ती नारायणथानकी १३ वर्षीय रेबिका थामी जन्मजात मोतीविन्दु रोगको सिकार हुनुहुन्थ्यो ।
राजधानी रहेका विश्वकै सहरको विशेष महत्व हुन्छ ।