फुरुम्बो पालुङ्वा वंश प्रतिष्ठानको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा काजीमान पालुङ्वा चयन हुनुभएको छ ।
नेपालमा अङ्ग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले अब अनलाइनबाटै जानकारी लिन सक्ने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग टेकु तथा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको संयुक्त नियन्त्रणमा रहने गरी थालेको अनलाइन सेवाको स्वास्थ्यमन्त्री प्रदीप पौडेलले उद्घाटन गरेसँगै यो सम्भव भएको हो ।
कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धरान आफैंमा प्राचीन सहर रहेको बताउनुभएको छ ।
नेपालमा अपाङ्गता भएका नागरिकहरुको राष्ट्रिय सर्वेक्षण गर्ने तयारी भैइरहेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भारतबाट साढे ६ सय मेगावाट विद्युत आयात गर्न लागिएको बताउनुभएको छ । मन्त्री खड्काले नेपाल भित्रको आन्तरिक विद्युत आपूर्तिलाई सहज बनाउनका लागि भारतसँग साढे ६ सय मेगावट विद्युत खरिद गर्न लागिएको बताउनुभएको हो ।
युक्रेनले आफ्नो पश्चिमी कुर्स्क क्षेत्रमा रूसले तैनाथ गरेका कम्तीमा ३० जना उत्तर कोरियाली सैनिक हताहत भएको सोमबार जनाएको छ ।
मोरङको रङ्गेली–८ दर्बेसामा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र (एकीकृत विपद् केन्द्र) निर्माण गरिने भएको छ ।
शिक्षण पेशा छोडेर तनहुँकी एक महिला कृषिमा रमाउनुभएको छ । व्यास नगरपालिका–२ कालिका मार्ग निवासी कल्पना गौलीले कृषि पेशाबाट नाम र दाम दुबै कमाउनुभएको हो ।
नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाका पूर्व नगरप्रमुख प्रेमलाल (पीएल) सिंहको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सोमबार पार्टी कार्यालयमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले उहाँको निधनमा शोक प्रस्ताप पारित गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले एक्लै निर्वाचन लड्ने तागत माओवादीसँग भएको बताउनुभएको छ । पछिल्लो स्थानीय तहको उपनिर्वाचनको मतपरिणाम हेर्दा गठबन्धन भन्दा एक्लै निर्वाचनमा जाँदा माओवादीलाई जनताको साथ मिलेको उहाँको भनाइ छ ।
कैलालीका तीन नदीमा दुर्लभ घडियाल गोही देखापरेका छन् ।
ग्रामी अवार्ड विजेता भारतीय तबलावादक उस्ताद जाकिर हुसैनको आइतबार निधन भएको छ । उहाँको ७३ बर्षको हुनुहुन्थ्यो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई संयुक्त राज्य अमेरिकाको सान फ्रान्सिस्कोको एक अस्पतालमा भर्ना गरिएको थियो ।
जाडो मौसम सुरु भएसँगै बालबालिकालाई न्यानो कपडा, झोला र शैक्षिक सामग्री वितरण गरिएको छ ।
कर्णाली प्रदेशका दश जिल्लामध्ये हुम्ला र डोल्पामा चिनियाँ नाका पर्दछन् । हुम्लामा हिल्सा नाका पर्दछ भने डोल्पामा मोरिम्ला र क्याटो नाका पर्दछन् । हिल्सा नाका पूर्ण रूपमा सञ्चालनमा छ ।
यहाँ निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको झण्डै एक हजार पाँच मिटर लामो सुरुङ छिचोलिएको छ ।