चन्द्र पन्दाक
ताप्लेजुङ, पुस १ गते । फुरुम्बो पालुङ्वा वंश प्रतिष्ठानको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा काजीमान पालुङ्वा चयन हुनुभएको छ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा सम्पन्न राष्ट्रिय महाधिवेशनले पालुङ्वालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
प्रतिष्ठानको उपाध्यक्षमा शुक्रराज फुरुम्बो, महिला उपाध्यक्ष कमला पालुङ्वा, सचिव मानबहादुर पालुङ्वा, सहसचिव हर्कराज पालुङ्वा र कोषाध्यक्षमा नारायणी पालुङ्वा चयन हुनुभएको छ । सदस्यहरूमा बुद्धिमान पालुङ्वा, नवीन फुरुम्बो, इन्द्रहाङ पालुङ्वा, चन्द्रलाल फुरुम्बो, दिलमाया पालुङ्वा (चेम्जोङ), कैलाश पालुङ्वा, शम्भुराज पालुङ्वा, विजय पालुङ्वा र दिलबहादुर पालुङ्वा चयन हुनुभएको छ ।
यस्तै, गमबहादुर फुरुम्बो संयोजक रहेको पाँच सदस्यीय सल्लाहकार समितिसमेत चयन भएको प्रतिष्ठानले जनाएको छ । सल्लाहकार समिति सदस्यमा पूर्णबहादर पालुङ्वा, पदमसुन्दर पालुङ्वा, प्रवीण पालुङ्वा र सञ्जुहाङ पालुङ्वा रहनुभएको छ । प्रतिष्ठानले महाधिवेशनको अवसरमा फुरुम्बो पालुङ्वा समुदायका ज्येष्ठ नागरिकलाई सम्मान गरेको जनाएको छ ।
एक सामाजिक संस्थाको रुपमा स्थापित प्रतिष्ठानले प्राकृतिक विपतमा परेका वंशभित्रका सदस्य वा परिवारलाई विभिन्न किसिमका सहयोग गर्दै आएको छ । त्यस्तै वंशावली निर्माण, अग्रज पुस्ताको विवरणबारे खोज, अनुसन्धानलगायतका गतिविधि गर्दै आइरहेको छ । महाधिवेशनमा ताप्लेजुङसहित पाँचथर, झापा, मोरङ लगायतका क्षेत्रबाट प्रतिनिधि सहभागी बन्नुभएको प्रतिष्ठानले जनाएको छ ।