परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्था, यसको संवेदनशीलता र जोखिमबारे थप अनुसन्धान गर्न विश्वका अनुसन्धान संस्थाहरुलाई आग्रह गर्नुभएको छ ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड प्रस्थान गर्नु भएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हालै प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच राँगाको मासु निर्यात गर्ने सम्बन्धी प्रोटोकल सम्झौता सम्पन्न भएको बताउनु भएको छ।
शक-यान मुवाथाई क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धनमा यही पुस १० गतेदेखि १२ गतेसम्म थाई-बक्सिङ प्रतियोगिता गरिने भएको छ ।
दक्षिणी अफगानिस्तानको हेलमान्ड प्रान्तमा एक परिवार बोकेको एउटा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु भएको प्रान्तीय सूचना तथा संस्कृति विभागले आइतबार जनाएको छ ।
मध्य नाइजेरियाको बेनु नदीमा शनिबार काठको डुङ्गा पल्टिँदा कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले आइतवार जानकारी दिएका छन् ।
नेपाल चेम्बर अफ कमर्श (एनसीसी) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) बिच दिगो विकास एवम् निजी क्षेत्रको क्षमता अभिवृद्धिका लागि सहकार्यको सम्झौतामा हस्ताक्षर भएको छ ।
नर्वेले युक्रेनी नौसेनालाई ‘ब्ल्याक सी’मा रूसी सेनालाई रोक्न मद्दत गर्न २.७ बिलियन क्रोनर (करिब २४० मिलियन अमेरिकी डलर) प्रदान गर्ने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा गरिएको वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
। हुलाक सेवा विभागले दुई नयाँ टिकट प्रचलनमा ल्याएको छ । हुलाक सेवा विभागले ‘एक सय ५०औँ विश्व हुलाक दिवस’, र ‘इन्टरपोल एक सयौँ वार्षिकोत्सव’ शीर्षकका दुई टिकटमा आज सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ र मन्त्रालयका सचिव राधिका अर्यालद्वारा टाँचा प्रदान गरिएको छ ।
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड भ्रमणमा जाने हुनुभएको छ । गत मङ्सिर २७ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई यही पुस २ र ३ गतेसम्म थाइल्याण्डको बैंकक भ्रमणका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
दशरथ रङ्गशालामा यही पुस ७ गते हुने भुटानसँगको मैत्रीपूर्ण खेलका लागि नेपालको यु–१९ राष्ट्रिय महिला फुटबल टोली घोषणा भएको छ ।
जङ्गली हात्तीको आतङ्कले रौतहट चन्द्रपुर नगरपालिका–३ गैँडाटार वनक्षेत्र नजिकका वासिन्दा राती घरमा सुत्न छोडेका छन् ।
जिल्ला प्रशासन कार्यालय, महोत्तरीमा नायब सुब्बा पदमा कार्यरत अशोक कुमार यादवविरुद्ध सेवाग्राहीसँग २० हजार रुपियाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
महिनौदेखि गाउँ बस्तीमा त्रास फैलाइरहेका चितुवा नियन्त्रणमा लिइएकाे छ । उक्त चितुवालाई राष्ट्रिय प्रकृति संरक्षण कोष सौरहा र डिभिजन वन कार्यलय गौतमबुद्धको टोली नियन्त्रणमा लिएको हो ।