• १ पुस २०८१, सोमबार

दिगो आर्थिक विकासका लागि चेम्बर र युएनडीपीबीच सम्झौता

blog

काठमाडौं, पुस १ गते । 

नेपाल चेम्बर अफ कमर्श (एनसीसी) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) बिच दिगो विकास एवम् निजी क्षेत्रको क्षमता अभिवृद्धिका लागि सहकार्यको सम्झौतामा हस्ताक्षर भएको छ । 

काठमाडौंको जमलस्थित चेम्बर भवनमा सोमबार आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल र युएनडीपीका कार्यबहाक आवासीय प्रतिनिधी जुलिएन चेभिलार्डले हस्ताक्षर गर्नुभयो ।

निजी क्षेत्रको क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकुलन, विपद् व्यवस्थापन एवम् युनडिपीले तय गरेका विकास लक्ष्यलाई पुरा गर्न सहकार्य गर्नेगरी हस्ताक्षर भएको नेपाल चेम्बर अफ कमर्सद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । 

प्राकृतिक प्रकोपजन्य अवस्थामा समुदायको क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने विषय पनि सम्झौतामा समावेश गरिएको छ । जलवायु परिवर्तन न्यूनीकरण र अनुकुलका साथै जोेखिम न्यूनीकरण गर्नेबारे समेत प्रतिबद्धता जनाईएको छ ।

चेम्बर अध्यक्ष अग्रवालले राष्ट्रसङ्घीय एजेन्सीसँग निजी क्षेत्रको क्षमता अभिवृद्धि, विपद् व्यवस्थापनको पूर्वतयारी र प्रतिकार्यबारे सहकार्य गर्नु निजी क्षेत्रका लागि महत्वपुर्ण भएकोे बताउनुभयो । 

युएनडीपीका कार्यबहाक आवासीय प्रतिनिधी चेभिलार्डले दिगो विकासका लागि राष्ट्रसङ्घीय लक्ष्यहरु पुरा गर्न चेम्बरसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको र प्राकृतिक विपद्बाट बच्नका लागि चेम्बरसँग गरिएको सहकार्य अति नै महत्वपुर्ण भएको बताउनुभयो । निजी क्षेत्रको कार्यक्षमता विकास गरी देशको समग्र आर्थिक गतिविधी विस्तारमा टेवा पुग्ने उहाँको भनाइ छ । 

उहाँले नेपालको हिमालहरुलाई जोगाउन तथा जलवायु परिवर्तनविरुद्ध चेम्बरसँग आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने पनि बताउनुभयो ।