काठमाडौँ, पुस १ गते । दशरथ रङ्गशालामा यही पुस ७ गते हुने भुटानसँगको मैत्रीपूर्ण खेलका लागि नेपालको यु–१९ राष्ट्रिय महिला फुटबल टोली घोषणा भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सोमबार भुटानसँगको मैत्रीपूर्ण खेलका लागि नेपालको टोली घोषणा गरेको हो ।
नेपाली टोली
लिला जोशी, करुण बुढाथोकी र सुजाता तामाङ, सेमिहाङ्मा लिम्बू, सीता रोकाया, गंगा रोकाया, रोजिता विष्ट, सिमरन राई, सरिताकुमारी नाथ, माया मास्के, झुमा विश्वकर्मा, बिर्सना चौधरी, सुशीला केसी, भावना परियार, रेविका नेपाली, पुनम चेम्जोङ, कुसुम खतिवडा, समीक्षा मगर, सजिना स्याङ्तान, लीला चन्द, सुक्रिया मियाँ, वर्षा ओली र पूर्णिमा राई ।