अबुजा, पुस १ गते । मध्य नाइजेरियाको बेनु नदीमा शनिबार काठको डुङ्गा पल्टिँदा कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले आइतवार जानकारी दिएका छन् ।
स्थानीय अधिकारी मेल्भिन जेम्सले बेनु राज्यमा व्यापारीहरू साप्ताहिक बजारबाट फर्किंदै गर्दा डुङ्गा दुर्घटना भएको बताउनुभयो । जेम्सले थप्नुभयो,“त्यहाँ केही मानिसहरू अझै बेपत्ता छन्, । स्थानीय गोताखोरले खोजी तथा उद्धार कार्य जारी राखेको छ ।” मारिनेमा अधिकांश महिला र बालबालिका रहेको प्रत्यक्षदर्शीले बताएका छन् । नाइजेरियामा डुङ्गा दुर्घटनाहरु प्रायः ओभरलोडिङ, खराब मौसमका कारणले हुन्छ । रासस/सिन्ह्वा