• १ पुस २०८१, सोमबार

गाँउमा त्रास फैलाइरहेकाे चितुवा नियन्त्रणमा

blog

कृष्णनगर नगरपालिकाको श्रीनगरको उखुबारीबाट नियन्त्रणमा परेको चितुवा । तस्बिर : डिभिजन वन कार्यलय, गौतमबुद्ध

नारद कोहार

तौलिहवा(कपिलबस्तु), पुस १ गते । महिनौदेखि गाँउ बस्तीमा त्रास फैलाइरहेका चितुवा नियन्त्रणमा लिइएकाे छ । उक्त चितुवालाई राष्ट्रिय प्रकृति संरक्षण कोष सौरहा र डिभिजन वन कार्यलय गौतमबुद्धको टोली नियन्त्रणमा लिएको हो ।

डिभिजन वन कार्यलय गौतमबुद्धका डिभिजन प्रमुख राजु क्षेत्रीका अनुसार कपिलबस्तुको कृष्णनगर नगरपालिका वडा नं. ६ श्रीनगर गाँउको उखुबारीबाट चितुवालाई ‘क्यामरा ट्रयाप’ गरेर नियन्त्रणमा लिइएको बताउनुभयो । उहाँले भन्नुभयो ‘ एक महिना पहिले स्थानियले खबर गरेपछि पदमार्ग पहिचानबाट चितुवा नै रहेको यकिन भएको बताउनुभयो ।’ चितुवा नियन्त्रणका लागि २ वटा ट्रयापमा ६ वटा क्यामेरा जाडान गरी अनुसन्धान गरी रहेको उहाँको भनाइ छ ।

महाराजगन्ज नगरपालिकाको बुटहनिया र कृष्णनगर नगरपालिकाको श्रीनगरको उखुबारीमा क्यामेरा जडान गरिएको थियो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौरहाबाट २ जना प्राविधिक र डिभिजन वन कार्यलय गौतमबुद्धबाट ५ को टोलीले ११ दिनको अथक प्रयासपछि चितुवालाई नियन्त्रणमा लिइएको डिभिजन प्रमुख क्षेत्रीको भनाइ छ ।

कपिलबस्तु साझेदारी वन व्यवस्थापन समुहका अध्यक्ष गंगेशनाथ तिवारीका अनुसार चितुवाले बस्तीमा रहेका निलगाई, त्यसका बच्चा, बाख्रा लगायतका जनावार खाएको र चितुवाले गर्दा गाउँमा बस्तिमा त्रास फैलिएको बताउनुभयो । खोरमा बाख्रा राखेर जालमा पारेर चितुवालाई आइताबार राति ९ बजेतिर नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा परेको चितुवा डिभिजन वन कार्यलय गौतमबुद्धमा राखिएको छ ।