कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका र नरहरीनाथ गाउँपालिकाका सिमा क्षेत्र जिते बजार अहिले पुरै खाली छ ।
ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा एक घरमा आगलागी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ ।
रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका –२ कुनाखेतमा एक पुरुषको शव फेला परेको छ । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका –५ हुकाम घरभइ हाल रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१ पातुखोला बस्ने ४७ वर्षिय लिलाबहादुर घर्तीको शव सोमबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
नेपाल मलेसियामा जारी एसिसी यु–१९ महिला एसिया कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । सोमबार परिसूचक ५१ दशमलव ३७ अङ्कले घटेर दुई हजार छ सय ३० दशमलव ९१ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ९१ प्रतिशतको गिरावट हो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले कानुन व्यवसायलाई थप मर्यादित र व्यवस्थित बनाउन नेपाल कानुन व्यवसायी परिषद् ऐन परिमार्जन गर्न जरुरी रहेको बताउनुभएको छ ।
गुन्द्रुक, सिस्नो, बेसार,मह, चिया, कुचो जस्ता कृषिजन्य बस्तुको ब्राण्डिङ गरी बजारीकरण गरीरहेको इलामको रोङ गाउँपालिकाले करेलाको ब्राण्डिङ गरी बजारमा ल्याएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको छ ।
पछिल्लो समय स्याङ्जाका कृषकहरु कोदो उत्पादनतर्फ आकर्षित हुँदै गएका छन् । माग बढेसँगै कृषकहरु कोदो खेतीतर्फ आकर्षित भएका हुन् । राम्रो मूल्य पाउने र उत्पादन गर्न पनि सजिलो भएकाले कोदो खेती तर्फ आकर्षण बढेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन कायम गर्ने काम सरकारको मुख्य लक्ष्य रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा ‘द राइजिङ नेपाल’ को ५९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
कपिलवस्तुमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् ।
श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेलाई भारतको राजकीय भ्रमणको दोस्रो दिन सोमबार नयाँ दिल्लीस्थित राष्ट्रपति भवनको प्राङ्गणमा भव्य स्वागत गरिएको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले १३ हजार कानुन व्यवसायीहरु करको दायरामा आएको बताउनुभएको छ ।
सिरियाका लागि युरोपेली सङ्घका विदेश नीति प्रमुख काजा कल्लासले सिरियाका लागि युरोपेली सङ्घका राजदूत दमास्कस जान लागेको बताउनुभएको छ ।
प्रतिनिधि सभाक उपसभामुख इन्दिरा रानाले नागरिकमा नकारात्मक पार्ने खालका समाचार सम्प्रेषण नगर्न सञ्चारजगतलाई आग्रह गर्नुभएको छ ।